ख्वपमा बिज्ञान र व्यवस्थापन संकायमा भर्ना बन्द (सूचनासहित)
असार ३२, २०८१, सोमबार | दिउँसो ०१:४७ बजे | 65
भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविले विज्ञान र व्यवस्थापन संकाय (विहानी सत्र) मा भर्ना कायृक्रम सोमबारदेखि वन्द गरेको छ । तर मानविकी, कानुन र शिक्षा शाश्त्र संकाय (विहानी सत्र) तथा व्यवस्थापन संकाय (दिवा सत्र) मा भने भर्ना कार्यक्रम चालू छ । माविले सोमबार नै सूचना प्रकाशित गरी दुई वटा विषयमा एनजी आएका विद्यार्थीले पनि यी संकायहरुमा भर्ना हुनसक्ने जनाएको छ ।
भक्तपुरमा दस जोड दुई अध्यापन गर्ने धेरै स्कुलहरुमध्ये ख्वप सवैभन्दा वढी आकर्षण वन्दै आएको छ । पहिलो चरणमै त्यहाँं करिव दुई हजार ६ सय विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यो वर्ष सवैभन्दा वढी विज्ञान संकायमा वढी विद्यार्थी परीक्षामा सहभागी रहेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...