काठमाण्डु वर्ल्ड स्कुलको शैक्षिक प्रणाली आधुनिक र नविनतम


असार ३२, २०८१, सोमबार | विहान ०४:२७ बजे | 75


काठमाण्डु वर्ल्ड स्कुलको शैक्षिक प्रणाली आधुनिक र नविनतम

काठमाण्डु वर्ल्ड स्कुल सूर्यविनायक, भक्तपुरमा अवस्थित एक प्रमुख शैक्षिक संस्था हो, जसले नेपालमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ। यो विद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान पु¥याउदै आएको छ। काठमाण्डु वर्ल्ड स्कुलको शैक्षिक प्रणाली अत्यन्तै आधुनिक र नविनतम प्रविधि तथा शैक्षिक दृष्टिकोणमा आधारित छ। विद्यालयले विद्यार्थीको व्यक्तित्व विकासमा जोड दिने भएकाले यहाँ शैक्षिक गतिविधिहरू मात्र नभएर सह–शैक्षिक गतिविधिहरू पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखेर खेलकुद, संगीत, नृत्य, कला, र अन्य सिर्जनात्मक क्रियाकलापहरूमा समेत संलग्न गराइन्छ। यसले विद्यार्थीहरूलाई सम्पूर्ण रूपमा विकसित हुन मद्दत पु¥याउँछ। विद्यालयको पाठ्यक्रम अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ। यहाँ कक्षा ११ र १२ मा विद्यार्थीहरूलाई ऋबmदचष्मनभ ब्ककभककmभलत क्ष्लतभचलबतष्यलब िभ्मगअबतष्यल (ऋब्क्ष्भ्) र ल्बतष्यलब िऋगचचष्अगगिm ँचबmभधयचप (ल्ऋँ) अन्तर्गत शिक्षा प्रदान गरिन्छ। यसले गर्दा विद्यार्थीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ साथै शिक्षकहरूको उच्च योग्यता र अनुभवले विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न थप सहयोग पुगेको छ। विद्यालयले अत्याधुनिक शैक्षिक साधन र प्रविधिहरूको प्रयोग गर्दछ। यहाँका कक्षाकोठाहरू डिजिटल उपकरणहरूले सुसज्जित छन्, जसले विद्यार्थीहरूको सिकाइ प्रक्रिया सहज र प्रभावकारी रहेको देख्न सकिन्छ । पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, र अन्य शैक्षिक स्रोतहरू विद्यार्थीहरूको प्रयोगका लागि उपलब्ध छन्। यसले उनीहरूको शैक्षिक यात्रा अझ समृद्ध बनाएको छ। काठमाण्डु वर्ल्ड स्कुलले विद्यार्थीहरूको व्यक्तिगत र सामाजिक जिम्मेवारीलाई पनि महत्त्व दिन्छ। यहाँ विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास, सामाजिक सेवा, र समुदायमा योगदान दिने संस्कार सिकाइन्छ। विभिन्न सामाजिक कार्यक्रमहरू, वातावरण संरक्षण गतिविधिहरू, र सामुदायिक सेवा परियोजनाहरूमा सहभागी गराइन्छ। यसले विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी तथा एक जिम्मेवार र सचेत नागरिक बनाउँछ। विद्यालयको शैक्षिक वातावरण अत्यन्तै मैत्रीपूर्ण र सुरक्षित छ। विद्यालयले नियमित रूपमा अभिभावकहरूसँग संवाद गरी विद्यार्थीहरूको प्रगति र सुधारका लागि आवश्यक कदमहरू उठाउने गरेको छ । विगत केहि वर्षदेखि काठमाण्डु वर्ल्ड स्कुलले नेपालको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको छ। यो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट नागरिक उत्पादन गर्ने काममा अग्रणी भूमिका खेलिरहेको छ। काठमाण्डु वर्ल्ड स्कुलले विद्यार्थीहरूलाई नवप्रवर्तन र सृजनशीलतामा उत्प्रेरित गर्छ र भविष्यका लागि तयार पार्छ। विद्यालयले अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरेर विद्यार्थीहरूलाई वैश्विक प्रतिस्पर्धाका लागि तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ। काठमाण्डु वर्ल्ड स्कुलले नेपालको शैक्षिक प्रणालीमा एक उत्कृष्ट नमूना प्रस्तुत गरेको छ। यहाँको शैक्षिक प्रणाली, उच्चस्तरीय शिक्षकहरू, आधुनिक प्रविधि, र सृजनात्मक गतिविधिहरूले विद्यार्थीहरूको सम्पूर्ण विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको छ। यस विद्यालयको शिक्षाले विद्यार्थीहरूलाई व्यक्तिगत र सामाजिक रूपमा जिम्मेवार, सृजनशील र प्रतिस्पर्धी नागरिक बनाउने दिशामा सदैव महत्त्वपूर्ण भूमिका खेलिरहने छ।

फाेटाेमा हेर्नुहाेस्...

काठमाण्डु वर्ल्ड स्कुलको शैक्षिक प्रणाली आधुनिक र नविनतम

Comments