डल्ला साबुन बनाउने तालिम सम्पन्न
असार ३०, २०८१, शनिबार | दिउँसो ०१:२५ बजे | 90
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उपसमितिको आयोजनामा २०८१ साल असार २९ गते ब्यासीमा डल्ला साबुन बनाउने तालिम सम्पन्न भयो । तालिममा ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थिायो । कार्यक्रममा प्रमुख अतिथि ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुले सहकारीका सात सिद्धान्त मध्ये सदस्यहरुलाई सूचना र तलिम दिने दिनुपर्ने आवश्यकता बोध गीि शेयर सदस्यहरुलाई आत्मनिर्भर एवंम स्वरोजगारी लागि तालिम आयोजना गरेका हो भन्नुभयो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले संस्थाको थप गतिशिलताका लागि विभिन्न निति नियमहरु निर्माण गदै अगाडि बढिरहेकोले छ, टोलका दाजुभाईको नेतृत्व गरिरहेको संस्थामा बचत गरेमात्र बचत सुरक्षित हुन्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष बबी मैया कवांले नेक्रामसंघ कामदार बर्गका महिलाहरुलाई शोषण अन्याय अत्याचारबाट मुक्त गर्न स्थापना भएको हो भन्र्दै ख्वप बचतबाट दिएको तालिम ब्यवहारमा उतार्न सके खर्चमा मितब्ययिता अपनाउन सकिन्छ र तालिम जिवन उपयोगि छ भन्नुभयो ।
डल्ला साबुन बनाउने तालिमका प्रशिक्षक एवंम महिला उपसमितिका सदस्य सुलोचना सुवालले तालिम दिन पाएकोमा खुशी ब्यक्त गर्दै छोटो समयमा दिएको तालिमबाट प्रशिक्षार्थीहरु लाभान्बित हुने बताउनु भयो । कार्यक्रम महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा ब्यासी छोरी बुहारी समूहका अध्यक्ष धर्मलक्ष्मी दुवालले तालिम लिनु दिनुको साथै दिदि बहिनीहरुले समाजमा भइरहेका गतिविधीलाई पनि नियाल्न सके अझ सफल भइन्छ भन्नु भयो । कार्यक्रममा कार्यक्रमको शुरुमा ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले प्रशिक्षक सुलोचना सुवाललाई तालिमका सामग्री हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । डल्ला साबुन बनाउने प्रशिक्षण कार्यक्रममा महिला उपसमितिका सदस्य गंगा लाखा प्रशिक्षाथीहरु राजु मानन्धर गाीता केसी, ज्ञानी लाखे लागायतले तालिमले गृहणी महिला लाभान्वित हुने बताउदै तालिम आयोजना गर्नु भएको ख्वप साकोस महिला उपसमितिलाई धन्यबाद दिनुभएको थियो ।