एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण २.०


असार २९, २०८१, शुक्रबार | दिउँसो ०२:१४ बजे | 5


एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०

ललितपुर । एभरेस्ट इन्जिनियरिंग कलेज सानेपा ललितपुरको आयोजनामा भएको एकदिने आरोहण २.० शुक्रबार सकिएको छ । विहान ११ बजे उदघाटन गरी सुरु भएको आरोहण साँझ सकिएको थियो । 
आरोहण, अन्वेषण दी इनोभेसन आरोहण २ कार्यक्रम भएको हो । यस क्रममा इन्टर कलेज टेक्निकल एक्जिविशन एण्ड कम्प्युटिशन पनि भएको थियो । कम्प्युटिशनका दस जोड दुई र इन्जिनियरिंग अध्ययन हुने काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन कलेजहरुबाट विद्यार्थी प्रतिस्पर्धी रहेको कार्यक्रममा बताइयो । 
एकदिने कार्यक्रममा क्रममा विभिन्न प्रदर्शनीहरु तथा प्रतियोगिता भएको थियो । प्रदर्शनी तथा प्रतियोगिताहरुको आन्तरिक तथा बाह्य गरी एक हजार पाँंच सय विद्यार्थीले अवलोकन भ्रमण गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क थियो ।
समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यलाय (पीयू) का रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सवै कामहरु अनलाइनबाट पनि गर्न सकिने बताए । विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुत बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको उनले जनाए । फारम, टान्सिकिप्टलगायतका सवै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।
देशकै सवैभन्दा ठूलो त्रिभुबन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर गंजागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिष्टार प्राडा भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चारवर्षे कोर्सको सर्टिफिकेट चारवर्षभित्रै दिंदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिंदै आएको उनले बताए । 
पहिला पनि नविगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए । 
कार्यक्रममा आयोजक कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ तेजिलो बनाउन पढाईका साथसाथै कलेजले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । कलेजका प्रिन्सिपल इन्जिनियर विनोद रिजालले आजका विद्यार्थीले अध्ययन अनुसन्धानमा जोड दिई मानब जातिको सहजताका लागि काम गर्नुपर्ने आवश्यकता औल्याए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले विद्यार्थीले सिकेको ज्ञानलाई कक्षाकोठामा मात्रै सिमित नपारी वर्षैपिच्छे आरोहण कार्यक्रम गर्दै आएको जानकारी गराए । कलेजमा दोश्रो पटक एकदिने आरोहण २ भएको उनले जनाए । 
कार्यक्रममा नेपाल इन्जिनियरिंग कलेजका पूर्व प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठ, काठमाडौं इन्जिनियरिंग कलेज कालिमाटीका प्रिन्सिपल प्राध्यापक हिरेन्द्रमान प्रधानलगायतले पनि इन्जिनियरिग क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको समापनका क्रममा विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा सकियो आरोहण  २.०

Comments