नेपाल प्रेस सोसाइटीद्धारा चार जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीहरुलाई सम्मान


असार २७, २०८१, बुधबार | विहान ०६:२४ बजे | 110


नेपाल प्रेस सोसाइटीद्धारा चार जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीहरुलाई सम्मान

भक्तपुर । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले भक्तपुर जिल्लाभरिका स्कुलहरुमध्येबाट पछिल्लो वर्षको एसइई परीक्षामा चार जीपीए ल्याउन सफल विद्यार्थीहरु सम्मान गरेको छ । नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित संघीय सांसद दुलर्भ थापा, राष्टिय स्वतन्त्र पार्टीका अर्का संघीय सांसद सन्तोष परियार र बागमति प्रदेश सांसद किरण थापाले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेका हुन् ।  
भक्तपुरबाट जिल्ला कुल ६ वटा स्कुलहरुका ६ जनाले चार जीपीए ल्याउन सफल भएका थिए । जिल्लामा सवैभन्दा वढी सूर्यविनायक नगरपालिका क्षेत्रका चार वटा स्कुलका चार जना, भक्तपुर नगरपालिका क्षेत्रका एउटा स्कुलका एकजना र मध्यपुर थिमि नगरपालिका क्षेत्रका एउटा स्कुलका एकजनाले चार जीपीए ल्याउन सफल भएका थिए । जिल्लामा यी बाहेक चाँंगुनारायण नगरपालिका पनि पर्दछ । तर चाँंगुबाट भने कुनै विद्यालयका कुनै विद्यार्थीले चार जीपीए ल्याउन सफल भएनन् ।  
कार्यक्रममा सूर्यविनायक नगरपालिकास्थित मोर्डन इगलिश स्कुल दधिकोटका बुमिरा माकजू, युनिटी इगलिश स्कुल कटुञ्जेका आशिश थापा क्षेत्री, मनोरम बोर्डिग सेकेण्डरी स्कुल कटुञ्जेका प्रनिशा बखुन्छे, हिमाल एकेडेमी गुण्डूका बिपना मिश्र गरी सूर्यविनायक नगरपालका क्षेत्रका चार वटा स्कुलहरुका चार जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएका थिए । साथै मेधा मावि तेखापुखू भक्तपुरका अंशुदिल प्रजापति र मध्यपुर थिमि नगरपालिका सानोठिमी भक्तपुरको एसओएस हर्मन माइनर मावि सानोठिमी भक्तपुरका आर्यन न्यौपानेले चार जीपीए ल्याउन सफल भएका थिए । 
कार्यक्रममा सघीय सांसदहरु थापा र परियार तथा बागमति प्रदेश सांसद थापाले भक्तपुरको शिक्षालगायतका क्षेत्रको विकासका लागि निर्वाचित सवै जनप्रतिनिधिहरु लागिपरेको बताए । 
नेपाल प्रेस सोसाइटीका अध्यक्ष पत्रकार उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा नेपाल प्रेस सोसाइटीको शुभारम्भ पनि गरिएको थियो । सांसद दुर्लभ थापाले पानसमा दीप प्रज्ज्वलित गरेर सोसाइटीको शुभारम्भ गरेका थिए । 

Comments