कालीघाट पुस्तकालयमा हस्तलेखन प्रतियोगिता
असार २३, २०८१, शनिबार | विहान १०:३२ बजे | 30
भक्तपुर । कालीघाट पुस्तकालयमा नेपाली र अगे्रजी भाषाको हस्त लेखन प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सुरेश परियारले पुस्तकालयमा गई कितावको अध्ययन गर्नाले ज्ञानको भण्डारणमा बृद्धि भई अध्ययनमा तेजिलो हुन्छ । हस्त लेखन प्रतियोगिताको आयोजनाले भाई बहिनीको हस्त लेखन थप प्रभावकारि हुन्छ भन्नुभयो ।
कालीघाट संरक्षण समितिका अध्यक्ष बालमुकुण्द बासुकलाले बासु माविबाट शैैक्षिक अवकास पछि कालीघाट पुस्तकालयलाई नमुना पुस्तकालयको रुपमा विकास पर्न लागिपरेको बताउनु भयो ।
कालीघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले नेमकिपाका अग्रजहरुको उद्देश्य भक्तपुरलाई शिक्षाको माध्यमबाट बुद्धिजिवीकरण गर्ने हो । त्यहि उद्देश्यलाई टेवा दिन कालीघाट पुस्तकालय स्थापना भई विभिन्न गतिविधि अगाडि बढिरहेको छ । कालीघाट पुस्तकालयले हस्तलेखनका साथै चित्रकला प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता पनि आयोजना गर्न गइरहेको जानकारी दिनुभयो ।
हस्तलेखन कार्यक्रममा निशा थापाले नेमकिपाका.अध्यक्ष का. रोहितद्धारा लिखित सय बर्ष पछिको पुस्तकको लेख नाचगानको राजधानी भक्तपुर बारे चर्चा गनृभयो । प्रतियोगितामा सहभागि मनिषा थापाले ५० बर्षपछिको नेपाल लेखबारे जानकारी दिनुभयो । कार्यक्रममा कालीघाट पुस्तकालयका सचिव लक्ष्मीनारायण सुवाल सदस्य राधा थापाले पुस्तकालय सञ्चालन , ब्यवस्थापन र हस्तलेखन तालिमको महत्वबारे चर्चा गर्नभयो ।
कार्यक्रममा साहित्यकार थोकरले पनि हस्तलेखन कार्यक्रमको महत्व र कालीघाट पुस्तकालयको विकासबारे आफ्नो धारणा राख्नुभयो
फाेटाेमा हेर्नुहाेस्...