ताथलीको माता श्री बिन्दबासिनी जाने कि ?
असार १८, २०८१, सोमबार | विहान ११:५६ बजे | 10
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा रहेको बिन्दबासिनी मन्दिर वि .स २०६४ पौष ३ गतेका दिन स्थापना भएको थियो । यस मन्दिरमा बिन्दबासिनी भगवानको मूर्ति रहेको छ । मन्दिर करिब दुई रोपनीमा बनेको छ ।
पोखरामा पनि यस्तै मन्दिर रहेको पाइन्छ । पोखराको बिन्दबासिनीको दोश्रो रूप भनेर यस मन्दिरलाई चिनिन्छ । यस मन्दिरमा तीज, दसैँमा भक्तजनहरूको भीड लाग्ने गरेको पाइन्छ । साथै विशेष चाई लकाई खड्काहरुको कुल पूजा गरिन्छ । यस मन्दिरमा विभिन्न ठाउँहरूको मानिसहरु दर्शन गर्न आउँछन् ।
भक्तपुरबाट करिब चार किलोमिटर पर रहेको यस मन्दिर रमणीय छ । यस मन्दिरबाट विभिन्न ठाउँहरूको दृश्य देख्न सकिन्छ ।
प्रस्तुति – रेसिका, यनुसा खड्का