सीप अभिबृद्धि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

असार १७, २०८१, आइतबार | दिउँसो ०२:२६ बजे | 40

सीप अभिबृद्धि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर । इन्नर्जी इफिसियन्सी (इलेक्टिकल) र भेरियबल फ्रिक्वेन्सी डाइभ (भिएफडी) सम्वन्धी सीप अभिबृद्धि तालिम आइतबार भक्तपुरमा सम्पन्न भएको छ । समापनपछि सहभागीहरुलाई एक समारोहवीच प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुर चेम्वर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । 
कार्यक्रम बागमति प्रदेश उद्योग परिसंघको आयोजनामा भएको थियो । नेपाल चेम्वर अफ कमर्श सल्लाघारी भक्तपुरको संयोजनमा चेम्वरकै कार्यक्रम हल सल्लाघारीमा कार्यक्रम भएको थियो । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (चरण दोश्रो) अन्तर्गत कार्यक्रम भएको बताइएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

सीप अभिबृद्धि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण
सीप अभिबृद्धि तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

Comments