३ सय २७ ले गरे आँखा परीक्षण


असार १७, २०८१, आइतबार | दिउँसो १२:१६ बजे | 50


३ सय २७ ले गरे आँखा परीक्षण

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आयोजित निःशुल्क बृहत आँखा शिविरमा ३ सय २७ जनाको आँखा परिक्षण गरिएको छ । सिटि आई केयर सेन्टर शंखधरचोकको प्राविधिक सहयोग एवं शंखधर साकोसको सामाजिक उपसमितिको संयोजकत्वमा भएको उक्त शिविरबाट २३ जनाको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको शंखधर साकोसका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । संस्थाको वार्षिक कार्यक्रम अनुसार विगत एक दशक अघिदेखि नै निःशुल्क आँखा शिविर गर्दै आएको जानकारी दिदैं अध्यक्ष श्रेष्ठले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.दीपक खड्का, डा.सुवास गुप्ता लगायतले आँखा परीक्षण पश्चात् औषधी, चश्माका साथै आवश्यक सल्लाह दिएको बताउनु भयो । दृष्टि परिक्षणपछि आवश्यकता अनुसार शल्यक्रिया, लेजर, आँखाको नानी फुलाएर हेर्ने लगायतका कार्य सिटि आइकेयर सेन्टर शंखधरचोकम हुने व्यवस्था गरिएको पनि शंखधर साकोसका अध्यक्ष श्याम श्रेष्ठले बताउनु भयो । संस्थाको सामाजिक जनउत्तरदायित्व अन्तर्गत आँखाको दृष्टि जाँच पछि सबैलाई औषधी र चश्मा निःशुल्क प्रदान गरिएको संस्थाका सचिव राजु श्रेष्ठले बताउनु भयो । सचिव श्रेष्ठका अनुसार मोतिविन्दुका बिरामीलाई सामान्य शल्यक्रिया निःशुल्क हुने र लेजर प्रविधि (आधुनिक प्रविधि) ले आँखाको शल्यक्रिया गर्दा ५० प्रतिशत छुटमा शल्यक्रिया हुने पनि जानकारी दिनुभयो । स्थानिय आदर्श मावि लाय्कुमा भएको उक्त आँखा शिविर शेयर सदस्य एवं स्थानिय बासिन्दाहरुले सेवा लिएका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

३ सय २७ ले गरे आँखा परीक्षण

Comments