रजनी फाउन्डेसनबाट श्री गणेश भजनलाई आर्थिक सहयोग


असार १०, २०८१, आइतबार | विहान ०६:०१ बजे | 30


रजनी फाउन्डेसनबाट श्री गणेश भजनलाई आर्थिक सहयोग

नविना श्रेष्ठ असार ९ टोखा नगरपालिका वडा नम्बर २ स्थित गणेश स्थानमा रहेको श्री गणेश भजन खललाई हिजो रजनी फाउन्डेसनबाट केहि आर्थिक सहयोग गरेको छ। श्री गणेश भजनमा महिना दिदीबहिनीहरू प्रत्येक मंगलबार बिहानीको समयमा गणेश मन्दिर परिसत भजन गर्दै आएका छन्। यही सन्दर्भमा महिलाहरू जम्मा भई तबला बजाउन सिक्ने क्रम जारी रहेको थियो। सो तबला बचाउन सबैजना उत्साहित उमङ्ग र रहर थियो। तर आर्थिकको कारण सबै महिला दिदीबहिनीहरुले तिनलाई निरन्तरता दिन सकेन। केही महिला दिदीबहिनीहरू अझै पनि आफैंले आर्थिक संकलन गर्दै उत्साह र उमङ्गलाई मेटाउने क्रम जारी नै थियो। त्यसै सन्दर्भमा महिलाहरूलाई प्रोत्साहन गर्नुपर्छ। भन्दै आफूले सक्दो साथ सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले नेपाली कांग्रेसका क्षेत्री सहसचिव रजनी थापाले रजनी फाउन्डेसनको तर्फबाट आर्थिक सहयोग गरेको हो। श्री गणेश भजन खलका अध्यक्ष मनमाया महर्जन सहित भजन खलका महिलाहरुलाई नगद हस्तान्तरण गरेको थियो।

Comments