वडा अध्यक्ष के.सीको स्वास्थ्यमा सुधार
असार ९, २०८१, शनिबार | विहान ०८:४६ बजे | 25
नविना श्रेष्ठ
असार ८
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्री राम के.सीको स्वास्थ्यमा पूर्ण सुधार आएको छ। उहाँ असार ६ गते बिहीबार बिहानको समयमा आफै उपचारको लागि गंगालाल अस्पतालमा पुग्नु भएको थियो।
उहाँको स्वास्थ्यमा आज भन्दा १३ बर्ष अगाडी नै पेसमेकर राख्नु भएको थियो। १३ बर्ष पछि एडभान्स पेसमेकर फेरीएको उहाँले जानकारी दिनुभयो।
आफ्नो वडाका जनप्रतिनिधिहरु संग सरसल्लाह गरेर असार मसान्तको आर्थिक बजेटको मिटिङ्ग सकाएर वडामा अलि सहज समयलाई सदुपयाेग गरी आफ्नो स्वास्थ्यको उपचारको लागि गंगालाल अस्पतालमा भर्ना पुगेको र सकुसल उपचार सकिएको छ।भने आफू स्वास्थ्य रहेको सम्पूर्ण वडा बासी शुभचिन्तक आम जनता साझ आफू ठिक रहेको जानकारी दिनुभएको छ। अब भोलि अस्पतालबाट डिस्चार्ज भई घर फर्कदै छु। जनकुरा डटकमसंग अध्यक्ष के.सीको कुराकानी भएको थियो। अध्यक्ष श्री राम के.सी भोलि अस्पतालबाट डिस्चार्ज भई घर फर्कदै हुनुहुन्छ। उहाँको सुस्वास्थ्यको कामना गर्दछौं।