जेष्ठ नागरिक समाजका मार्गनिर्देशक – मन्त्री चौधरी


जेठ २०, २०८१, आइतबार | दिउँसो ०२:०७ बजे | 55


जेष्ठ नागरिक समाजका मार्गनिर्देशक – मन्त्री चौधरी

सागर गुरागाईं
मध्यपुर थिमि । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले जेष्ठ नागरिकले आफ्नो ज्ञान र अनुभव बाँडेर सन्तती र समाजलाई मार्गनिर्देशन गरिरहेको बताउनु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ३ गठ्ठाघरको सामुदायिक विकास तथा सेवाकेन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्रको २० औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम एवं समुदायिक दर्पण स्मारिका लोकपर्ण गर्दै मन्त्री चौधरीले उक्त विचार व्यक्त गर्नुभएको हो । सामुदायिक विकास तथा सेवाकेन्द्र गठ्ठाघरका अध्यक्ष खेमप्रसाद सुवेदीको सभापतित्वमा भएको कार्यक्रमकी प्रमुख अतिथि मन्त्री चौधरीले मन्त्रालयका गतिविधि र भावी लक्ष्यबारे बुदाँगत जानकारी दिदैं जीवित देवीदेवता मातापिताको सेवा गर्ने र आशिर्वाद लिने कार्यमा सन्तान निरन्तर लाग्नु पर्नेमा जोड दिनुभयो । छोराछोरीको आम्दानीको १० प्रतिशत रकम आमाबुबाको नाममा छुट्याउनुपर्ने नियमावलीबारे जानकारी दिदैं महिलाहरुको समस्या समाधानका लागि ११४५ हटलाईन अनि केटाकेटीको समस्या समाधानका लागि १०४ र १०९८ मा तत्काल फोन गर्न आग्रह गर्नुभयो । जेष्ठ नागरिक मिलन=सेवा केन्द्र, जेष्ठ नागरिक संरक्षण भवनको अवधारणाबारे प्रष्ट पार्दै प्रमुख अतिथि मन्त्री चौधरीले सामुदायिक सेवाकेन्द्र गठ्ठाघरको कार्यको प्रशंसा समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले मुलुकभर २९ वटा सेवा केन्द्र रहेको जानकारी दिदैं प्रहरी मेरो साथी भन्ने नारालाई व्यवहारमा सार्थक बनाउन सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले प्रदेशले कृषि, पशुपंक्षी सम्बन्धी गरेका कार्य र योजना प्रस्तुत गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा बागमती प्रदेशकी सांसद धनेश्वरी प्रजापति लगायतका वक्ताहरुले केन्द्रले गरेका सामाजिक, सांस्कृतिक, स्वास्थ्य अनि सचेतनाका कार्यहरुको प्रशंसा गर्दै समाजमा शान्तिसुरक्षा कायम गर्न प्रहरी र समुदाय बीच सदैव सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले समुदाय र प्रहरीको साझेदारीबाट समाजका सबै वर्गको कल्याण हुने भन्दै समाजमा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीबिच सदैव न» र मासुको झैं सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ३ का वडाध्यक्ष एवं मथिनपाका प्रवक्ता कृष्णहरि आचार्यले सामुदायिक सेवोकेन्द्रका कार्यको प्रशंसा गर्दै संस्थालाई आर्थिक एवं भौतिक सहयोग बढाउदै लगिने बताउनु भयो । उक्त कार्यक्रममा नेपाली भाषा अनि साहित्यको विकास र विस्तारमा पु¥याएको योगदानको प्रशंसा गर्दे डा.गणेश प्रसाद भ¤राईलाई विशेष सम्मान गरियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नविन चन्द्र श्रेष्ठ, संस्थापकहरु पूर्व अध्यक्ष, एक लाख भन्दा बढि आर्थिक एवं भौतिक सहयोग गर्ने स्थानीय बासिन्दा एवं आजीवन सदस्यहरुलाई पनि सम्मानित गरिएको थियो । केन्द्रका महासचिव नारायण न्यौपानेले केन्द्रको हालसम्मको गतिविधि सहित सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका सहअध्यक्ष राजभक्त श्रेष्ठले संस्थाको स्थापना वि.सं.२०६२ सालमा भएको जानकारी दिँदै जग्गा खरिद, भवन निर्माण, सञ्चालनबारे बुदाँगत जानकारी दिनुभयो । सहअध्यक्ष श्रेष्ठले सबैको साथ र सहयोगले संस्था सक्षम बनेको भन्दै स्थानीय बासिन्दा, वडा, मथिनपा, पूर्व सांसद महेश बस्नेत लगायतका व्यक्तिले गरेको आर्थिक सहयोगको स्मरण गर्नुभयो । कार्यक्रममा हालसम्म मुलुकभर २९ वटा सामुदायिक केन्द्र र महिला मन्त्रालय अन्तर्गत ९ वटा बालसुधार केन्द्र रहेको जानकारी दिइएको थियो । कार्यक्रममा अरनिको नमुना सहकारी गठ्ठाघरका अध्यक्ष विश्वनाथ शर्माले सहकारीमा देखिएको समस्याको कारण र समाधानको उपाय सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका सदस्य प्रद्युम्न पौडेल, सुशीला श्रेष्ठ, दीपा अधिकारी, सिता अधिकारी, निर्जला उदास लगायतले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । सम्मानित डा.गणेश प्रसाद भ¤राईले लेखले व्यक्तिको विचार दिएपनि त्यसले समाजलाई शिक्षा, सन्देश, ज्ञान र विविध जानकारी दिने धारणा राख्नुभयो ।

Comments