भक्तपुर जिल्ला लिग फुटबल ः दुई मध्यपुर बराबरीमा
जेठ १८, २०८१, शुक्रबार | विहान ०२:३० बजे | 70
भक्तपुर । भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) को आयोजनामा भक्तपुर बहुमुखी क्याम्पसको फुटबल मैदानमा भइरहेको भक्तपुर जिल्ला लिग २०८०।०८१ को विहीबारको खेल पनि बराबरीमा टुंगिएको छ । मध्यपुर जागरुक युथ क्लब र मध्यपुर युनाइटेड एफसीवीच भएको खेल दुवैतर्फबाट एकएक गोल गरी बराबरीमा टुंगिएको हो । मध्यपुर जागरुक युथ क्लबकातर्फबाट कुन्सन श्रेष्ठ र मध्यपुर युनाइटेडकातर्फबाट सविन डंगोल एकएक गोल गरेका थिए ।