मध्यपुर स्काउटले रच्याे नयाँ इतिहास
जेठ १७, २०८१, बिहीबार | दिउँसो ०३:१४ बजे | 85
नेपाल स्काउटकाे बागमती प्रदेशको आयोजनामा मध्यपुर थिमिको निलबाराही जंगल परिसरमा ५८औं ब्वाइज उड ब्याज तथा ४८औं गर्ल्स एड्भान्स तालिम यही मिति २०८१ जेठ १० गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियाे । उक्त तालिममा मध्यपुर थिमि नगरपालिकाको लागत साझेदारी तथा भौतिक सहयोगमा स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिको प्राविधिक सहयोग र पूर्ण सक्रियता रहेको थियो ।
उड ब्याचका काेर्ष लिडर श्री भुवनचरण श्रेष्ठ हुनुहुन्थ्यो भने गल्स एड्भान्सका काेर्ष लिडर श्री रूक्मिणी श्रेष्ठ हुनुहुन्थ्यो ।
तालिमकाे अन्तिम दिन भएकाे समापन कार्यक्रममा नेपाल स्काउटका प्रमुख अायुक्त श्री महेन्द्र राज रञ्जित, केन्द्रीय सदस्य श्री शिवराम अर्याल, राष्ट्रिय परिषद सदस्य श्री बिजेन्द्रलाल ध्वँजू, पूर्व राष्ट्रिय सचिव, मध्यपुर थिमि नपा, वडा नं. ९ का वडाध्यक्ष श्री सानुकाजी राजवाहक लगायतका अतिथिहरूहरूले तालिम पूरा गरेका सम्पूर्ण सहभागीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियाे ।
स्थानीय अायुक्त श्री तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुरूष तर्फका सहायक काेर्ष लिडर श्री हरिबहादुर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे
फाेटाेमा हेर्नुहाेस्...