पाँंच सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण सुरु


जेठ १७, २०८१, बिहीबार | दिउँसो १२:१५ बजे | 170


पाँंच सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण सुरु

सागर गुरागाईं
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ मरुटोलस्थित ५ सय ६० वर्ष पुरानो ऐतिहासिक एवं धार्मिक पद्मापाणी लोकेश्वर करुणामयको मन्दिर पुनर्निर्माण विधिवत रुपमा सुरु भएको छ । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले उक्त मन्दिर पुनर्निर्माणको शिलान्यास गर्दै हाम्रा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, मौलिक सम्पदाहरु हाम्रा पहिचान भएकोले त्यसको जिर्णोद्धार, मर्मत, संरक्षणदेखि पुनर्निर्माणका लागि नगरपालिका सदैव क्रियाशील रहेको बताउनु भयो । उक्त मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष न्हुछेराज बज्राचार्यले नगरपालिकाबाट विनियोजित पहिलो चरणको ५० लाख रुपैंयाबाट शिलान्यासदेखि जग हाल्ने कार्य गरिने र मथिनपाबाट उक्त मन्दिर पुनर्निर्माणका लागि करिब १ करोड ४० लाख रुपैंया विनियोयजन भएको जानकारी दिनुभयो । लोकेश्वरको मन्दिरको छानाबाट पानी चुहिएपछि जिर्णोद्धारका लागि गत मंसिरमा उपभोक्ता समिति गठन गरिएपनि मथिनपाका प्राविधिक अनि इञ्जिनियरहरुको सुक्ष्म अवलोकन र परिक्षणबाट लोकेश्वर मन्दिर जिर्ण भएकोले पुनर्निर्माण गर्नु जरुरी भएको निष्कर्ष निकालिएको थियो । करिब ५ सय ६० वर्ष अघि निर्माण गरिएको लोकेश्वर मन्दिरको जगदेखि छाना सम्म जीर्ण भएकोले जिल्ला सम्पदा पुनर्निर्माणदेखि परातत्व विभागसँग छलफल पछि मन्दिर पुनर्निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको मध्यपुर थिमि नगरपालिकाका इञ्जिनियर प्रेमलाल भासिमाले जानकारी दिनुभयो । रोशन बज्राचार्यले मन्दिरको बारेमा जानकारी सहित सञ्चालन गर्नुभएको कार्यक्रममा मध्यपुर थिमि नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ, मथिनपा वडा नं.४ का कार्यवाहक वडाध्यक्ष मदन ख्या श्रेष्ठ, नसस रामकेशरी श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुले मध्यपुर थिमिको ऐतिहासिक, सांस्कृतिक एवं मौलिक पहिचान बोकेको लोकेश्वर मन्दिर आगामी २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिने बताउनु भयो । काठमा कलात्मक बु¤ा राखेर झ्यालढोका निर्माण गर्नुपर्ने भएकोले पुनर्निर्माणमा समय लाग्ने मन्दिर पुनर्निर्माण उपपभोक्ता समितिका अध्यक्ष न्हुछेराज बज्राचार्यले बताउनु भयो । 

फाेटाेमा हेर्नुहाेस्...

पाँंच सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण सुरु
पाँंच सय ६० वर्ष पुरानो लोकेश्वर मन्दिर पुनर्निर्माण सुरु

Comments