समय साकोसमा रक्तदान कार्यक्रम सम्पन्न
जेठ १७, २०८१, बिहीबार | विहान ०६:५९ बजे | 60
भक्तपुर १७ जेष्ठ २०८१, च्याम्हासिंह रोड स्थित समय बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा रेडक्रस सोसाईटी भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम स्थानीय च्याम्हासिंह चोकमा सम्पन्न भयो ।
संस्थाको उद्देश्य लक्ष्य अनुसार आर्थिक रुपमा बचत तथा ऋणको कारोवार मात्र सिमित नराखी सदस्य एवं शुभचिन्तक महानुभावहरुलाई आत्मनिर्भर, सक्षम एवं जीवन उपयोगी ज्ञान प्रदान गर्ने विविध गतिविधि, तालिम एवं कार्यक्रम संचालन गर्ने क्रममा संस्थाको स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्वका रुपमा रक्तदान कार्यक्रम संचालन गरेको संस्थाका अध्यक्ष श्यामसुन्दर बेकोजू ज्यूले बताउनु भयो ।
संस्थाका स्वास्थ्य उपसमिति संयोजक रामकेशरी गोरा ज्यूको सभापतित्वमा सुरुवाट भएको सो कार्यक्रममा महिला ११ र पुरुष ३५ गरी जम्मा ४६ जना रक्तदाता महानुभावहरुले आफनो अमुल्य रगत दान गरी योगदान गर्नु भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...