ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा


जेठ १५, २०८१, मङ्गलबार | विहान १०:२१ बजे | 70


ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा

काठमाडौं । ख्वप कलेज देकोचा भक्तपुरका पत्रकारिताका विद्यार्थीले मंगलबार सिंहदरवार काठमाडौंस्थित राष्ट्रिय समाचार समिति (रासस) कार्यालयको अध्ययन भ्रमण गरेका छन् । कलेजमा पत्रकारिता मुख्य विषय लिई स्नातक तह पहिलो वर्षमा अध्ययनरत विद्यार्थीको टोली राससमा पुगेर अध्ययन भ्रमण गरेको हो ।
कार्यालयमा राससका प्रधान सम्पादक उतम सिलवालले पत्रकारिताका विद्यार्थीलाई राससमा स्वागत गर्दै राससमा हुने पत्रकारिताबारे जानकारी गराए । उनले पत्रकारिता स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुनुपर्ने खाँंचो औंल्याए । साथै पत्रकारिता हतारको साहित्य भएकाले पत्रकारितामा अल्छीपना नचल्ने उनले बताए । 
समाचार शाखाका डेपुटी चिफ रिपोर्टर नारायण न्यौपानेले विधागत पत्रकारिताबारे जानकारी गराए । त्यस कारण पत्रकार वन्ने योजना भए जुन विधामा पत्रकारिता गर्न इच्छा छ, त्यस विषयबारे बिशेषज्ञ हुनु आवश्यक रहेको उनले बताए । त्यसकारण जुनसुकै आफूलाई इच्छा लागेको विषयमा विशेषज्ञता हासिल गर्न उनले सुझाए । यद्यपि सवैखाले पत्रकारले सामान्य जानकारी राख्नु पनि उतिकै आवश्यक रहेको उनले बताए ।   
रासस सञ्चार प्रविधि महाशाखाका नायब महाप्रबन्धक राजु शाक्यले राससले प्रदान गर्दै आएको भिडियो सेवाबारे जानकारी गराए । राससले अहिले रेडियो र टिभीलाई पनि काम लाग्ने गरी समाचारहरुको अडियो र भिडियो सेवा पनि थालेको जानकारी उनले गराए । 
भ्रमणको क्रममा विद्यार्थीले राससमा भइरहेको गणतन्त्र फोटो प्रदर्शनीको पनि अवलोकन गरेका थिए । फोटो प्रदर्शनीबारे जानकारी दिंदै राससका फोटो शाखा प्रमुख रत्न श्रेष्ठले गणतन्त्रपछि केही भएन भनेर निराशा व्यक्त गर्ने जनतालाई गणतन्त्रपछिको उपलव्धीबारे बोध गराउने थिमका साथ फोटो प्रदर्शनी गरेको जानकारी गराए । 
विद्यार्थीले राससको समाचार कक्ष, सम्पादन कक्ष, अडियो भिडियो कक्षबारे जानकारी लिएका थिए । विद्यार्थीलाई सैद्धान्तिकसँंगै व्यवहारिक ज्ञान दिन अध्ययन भ्रमण गराइएको पत्रकारिताका शिक्षक कृष्ण किसीले बताए । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा
ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा
ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा
ख्वप कलेज देकोचा भक्तपुरको पत्रकारिताका विद्यार्थी राससमा

Comments