चाँंगुका उपप्रमुखले किन गरे सुटुक्क पत्रकार सम्मेलन ?
जेठ १४, २०८१, सोमबार | विहान ०३:०० बजे | 100
भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी एक्लैले आइतबार सुटुक्क पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
उपप्रमुख वुढाथोकीले आफूले कार्यभार सम्हालेको दुई वर्ष वित्दाका कार्यप्रगति सुनाउन नगरपालिका सभाकक्षमा पत्रकार सम्मेलन गरेका हुन् । धेरैले मेयर र उपमेयरवीच विवाद हुँदा आफनो कुरा राख्न पत्रकार सम्मेलन गरेको अनुमान लगाए पनि उनले मेयर र उपमेयरवीच कुनै विवाद नरहेको स्पष्ट पारे ।
चाँंगुनारायण नगरपालिकामा पछिल्लो स्थानीय निकायको निर्वाचनमा नगर प्रमुखमा नेपाली कांग्रेसका जीवन खत्री निर्वाचित भएका थिए । उपप्रमुख भने नेकपा एमालेका वुढाथोकी निर्वाचित भएका थिए । मेयर र उपमेयर फरकफरक पार्टीबाट जित हासिल गरेकाले समग्र नगरपालिकाले नभई उपमेयरले मात्रै पत्रकार सम्मेलन गरेको थियो । सम्मेलनमा पत्रकारहरु र उपमेयर वुढाथोकी मात्रै सहभागी थिए । सम्मेलनमा नगर प्रमुख जीवन खत्री, वडा अध्यक्षहरु तथा नगरपालिकाका कर्मचारी कोही पनि सहभागी थिएनन् । यद्यपि सम्मेलनमा उपप्रमुख वुढाथोकीले प्रमुख र उपप्रमुखवीचमा कुनै द्धन्द्ध नभएको बताए । यो नगरपालिकामा नेपाली कांग्रेस, एमाले, राष्टिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी गरी चार वटा पार्टीबाट वडा अध्यक्षहरुमा विजयी रहेका छन् ।
चुस्त तयारीविना गरेको देखिएको पत्रकार सम्मेलनमा आफू प्रमुख रहेको शाखाहरुको प्रगति विवरण र समग्र नगरपालिकाले गर्दै आएका विषयवस्तुहरुबारे चर्चा गरिएको थियो । साथै उनले आफूले सरकारले दिने केही सेवा सुविधा नलिएको बखान गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...