नागांचामा अनुदान प्राप्त कृषि सामाग्री वितरण
जेठ १३, २०८१, आइतबार | दिउँसो ०१:५९ बजे | 110
भक्तपुर । भक्तपुरको नागांचाका किसानहरुलाई अनुदान प्राप्त कृषि सामग्री वितरण गरिएको छ । भक्तपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोराले कृषि सामग्री आइतबार एक कार्यक्रमवीच वितरण गरे ।
कमलविनायक नागांचा कृषि समूहको आयोजनामा भएको कार्यक्रममा ५० प्रतिशत अनुदानमा प्राप्त कृषि औजारहरु सानो ट्याक्टर, ठूलो ट्याक्टर, पानी तान्ने पम्प मेशिन, मसला पिस्ने मेशिनलगायतका वितरण गरिएको थियो । कृषि सामाग्री कार्यालय भक्तपुरबाट ती सामग्रीहरु उपलव्ध भएको कार्यक्रममा जनाइयो । नागांचा भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक नजिक पर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...