आगलागीबाट क्षति भएका ग्रील उद्योगीलाई घरेलु महासघको सहयोग


जेठ ११, २०८१, शुक्रबार | दिउँसो १२:३४ बजे | 80


आगलागीबाट क्षति भएका ग्रील उद्योगीलाई घरेलु महासघको सहयोग

काठमाडौं । मोरङको आमबारीमा सन्चालित ग्रील उद्योगमा आगलागी हुदा घर तथा घरमा सन्चालित ग्रील उध्योगमा भएका सबै मेसिनहरु जलेर नस्ट भएको छ । घरमा भएका सरसामान लत्ताकपडा गरगहना लगायत सबै सामानहरु जलेर नस्ट भएको छ । ग्रील तथा स्टील ब्यवसायी सघ मोरङका पुर्व उपाध्यक्ष रहिसकेका ग्रील ब्यवसायी शिबराज राजबशीलाई तत्काल राहत पुग्ने गरी नेपाल घरेलु तथा साना उध्योग महासघ मोरङ शाखाको पहलमा  अध्यक्ष चेतन निरौलाले नगद ४५ हजार पाँंच सय रुपैया प्रदान गर्दै महासघमा आवद्ध उध्योगी ब्यवसायीहरुलाइ सकट परेको बेला र ब्यवसायी समस्याहरु सम्बोधन  गराउन महासघ सधै लागिपर्ने बताएका थिए । महासघकै पहलमा घरेलु तथा साना उध्योग कार्यालय मोरङबाट प्रबिधि हस्तान्तरण स्वरुप दुई लाख बराबरको मेसिनहरु बन कार्यालयबाट २ लाख ५० हजार बराबरको काठ जिल्ला प्रशासन कार्यालयबाट नगद रु .३० हजार सहयोग उपलब्ध गराउने भएको छ भने स्थानिय सरकार मार्फत पनि सहयोग उपलब्ध गराउने जानकारी अध्यक्ष निरौलाले गराएका थिए । सोही कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी सघ मोरङ शाखाबाट सघका अध्यक्ष बिनोद ढकालले पिडित शिबराज राजबशिलाइ नगद रु ४३ हजार पाँंच सय एक रुपैयाँं प्रदान गरेका थिए । सहयोग रकम बुझ्दै शिबराज राजबशीले सहयोग गर्ने सबैलाइ धन्यवाद दिदै लघु घरेलु तथा साना उध्योगिहरुको एक मात्र छाता सगठन नेपाल घरेलु तथा साना उध्योग महासघ र ग्रील तथा स्टील ब्यवसायी सघ मोरङमा आफू सदैब सकृय सदस्यको रुपमा महासघले हरेक गतिबिधिमा सहभागिता जनाइरहने प्रतिबद्धता ब्यक्त गरे । उक्त कार्यक्रममा घरेलु महासघ मोरङका र ग्रील सघ मोरङका पदाधिकारी सदस्य र पिडित परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

आगलागीबाट क्षति भएका ग्रील उद्योगीलाई घरेलु महासघको सहयोग

Comments