ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने


जेठ ११, २०८१, शुक्रबार | विहान ०५:५० बजे | 20


ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

भक्तपुर ः भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा आगामी मंगलबार एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । 
सयपत्री बचत तथा ऋण सहकारी संस्था लि. र काठमाडौं सक्रिय युवा समूहको संयुक्त आयोजना तथा काठमाडौं मेडिकल कलेज, सिनामंगलको प्राविधिक सहयोगमा ताथलीस्थित देवी माध्यमिक विद्यालयको प्रांगणमा शिविर हुने भएको हो । बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहनअन्तर्गत निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गर्न लागेको आयोजक संस्थाले जनाएको छ । 
शिविरमा सहभागी हुने सबैको निःशुल्क स्वास्थ्य परीक्षण गरी सम्भव भएसम्म निःशुल्क औषधी समेत उपलब्ध गराइने सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिगोपाल बासुकलाले बताए । शिविरमा जनरल मेडिसिन, स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान, घाँटी, दन्त रोग, आँखा रोग लगायत साधारण शल्यक्रिया सेवा समेत उपलब्ध हुनेछ । यसैगरी, शिविरमा सुगर, युरिक एसिड, पिसाब जाँचका साथै ईसीजी र अल्ट्रासाउन्ड सेवा पनि उपलब्ध हुने अध्यक्ष बासुकलाले जानकारी दिएका छन् । 

फाेटाेमा हेर्नुहाेस्...

ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

Comments