देउजा हराउन जुटेका नेताहरुले आफ्नो श्रीमती समेत जिताउन सकेनन्


जेठ १०, २०८१, बिहीबार | दिउँसो ०१:०४ बजे | 60


देउजा हराउन जुटेका नेताहरुले आफ्नो श्रीमती समेत जिताउन सकेनन्

भक्तपुर । एमाले भक्तपुरका निर्वतमान अध्यक्ष बचन देउजा पुन अध्यक्षमा निर्वाचित भएका छन । हालै सम्पन्न निर्वाचनमा उनले निर्वतमान सचिव मोहनवीर श्रेष्ठलाई पराजित गर्दै दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन । जिल्ला कमिटीमा प्रचण्ड वहुमत सहित देउजा निर्वाचित भएसंगै जिल्लामा उनको पल्ला भारी भएको छ । एमालेका पोलिटव्यूरो सदस्य एव युवा नेता महेश बस्नेतको जिल्लामा देउजा पक्षीय हावी भएसंगै एमालेको राजनीतिक वृत्तमा ठूलै तरङ देखिन थालेको छ । आगामी दिनमा जिल्लामा बस्नेतको राजनीतिलाई लिएर एमाले कार्यकर्ताहरु बीच अनेकन खालका चर्चा परिचर्चा सुरु हुन थालेको छ । देउजा पक्षीय उम्मेदवारहरुलाई हराउन निर्वाचनमा नेता बस्नेतले आवश्यकता भन्दा बढ्ता अस्वस्थ चलखेल गरेका कारण उनको जिल्ला राजनीतिमा प्रश्न उठ्न थालको देउजा पक्षीय एक जिल्ला कमिटीमा निर्वाचित नेताले वताए । ती नेताका अनुसार नेता बस्नेतले आफू पक्षीय उम्मेदवारहरुलाई जिताउनका लागि सबै प्रकारका हतकण्डा प्रयोग गर्दा पनि उनी सफल हुन नसकेको वताए । निर्वाचनका दिन निर्वाचन परिणामलाई आफू अनकूल पार्नका लागि उनको निर्देशनमा उनी निकट एक समूहले निर्वाचन परिसर वरीपरी अस्वस्थ गतिविधि गरिरहेका थिए । त्यसो नगर्न देउजा पक्षीय नेताहरुले पटक –पटक अनुरोध गर्दा समेत अटेर गरेका थिए । सोही क्रमा निर्वाचनका दिन दुई पक्षीय चर्को आरोप –प्रत्यारोप समेत भएको थयो । सो समूहले निर्वाचनका दिन निर्वाचन परिसरमा हो हल्ला गरेका ले दुई –तीन पटक निर्वाचन स्थगित गर्नु पर्ने वाध्यात्मक अवस्था सृवजना गरिदिएका थिए । उनका अनुसार त्यसरी बस्नेत पक्षीय उम्मेदवारको पक्षीयमा हो हल्ला गर्नेहरुमा रविन थापा,रञ्जन खड्का,विदुर खड्का, सहदेव न्यौपाने, गोविन्द कार्की, लक्ष्मी कार्की, गिता पण्डित, रति थापा र कमल महत रहेका थिए । उनीहरु सबै नै बस्नेत पक्षीय जिल्ला सदस्यका उम्मेदवार समेत थिए । तर, ती सबै पराजित भए । त्यति मात्रै होइन नेता बस्नेतकी श्रीमति अँिम्बका भण्डारी बस्नेत र अर्का जिल्ला नेता शशिजङ थापाको श्रीमति मैया थापा पनि पराजित भइन । नेता थापाको स्वकीय सचिव चण्डिप्रसाद मिश्र समेत पराजित भए । ती नेताका अनुसार जिल्ला सदस्यका उम्मेदवार १०४ जना मध्ये करिब ९५ जना देउजा पक्षीय उम्मेदवारले जिल्लामा जितेको वताए । अध्यक्षमा देउजालाई हराउन एमाले भक्तपुरका केन्द्रीय नेताहरुको टिम नै खडा भएको थियो ।जसको नेतृत्व पोलिटव्युरो सदस्य बस्नेतले गरेका थिए । देउजा हराउ टिममा केन्द्रीय सदस्यहरु सोम प्रसाद मिश्र,निर्मल कुमार भट्टराई पूर्व अध्यक्ष राजेन्द्र राजथला नेताहरु शशीजङ थापा,मध्यपुरका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ, नवराज गेलाल लयायत सक्रिय रहेका थिए । तर उनीहरु सफल नभएको देखियो । यसो भनू उनीहरुको जिल्लामा वास्तविक धरातल देउजाले देखाइदिए । देउजालाई टार्गेट गर्दै एमाले नेताहरुको एक समूह जिल्लामा निकै अघि देखि नै सक्रिय रहदै आएको थियो । तर,देउजाले आफू मात्रै होइन, सिगो जिल्ला कमिटीमा नै वहुमत जिल्ला कमिटीका सदस्यहरु आफू निकट निर्वाचन मार्फत जिताएर उनीहरुको वास्तविक हैसियत जिल्लामा पहिलो पटक राम्रैसंग देखाईदिएका हुन । नेता बस्नेतले टार्गेट गरेका देउजा समूहका सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा पराजित भए पनि पदाधिकारीमा पनि देउजा समूहकै बहुमत छ । सचिवमा देउजा समूहका विष्णु तामाङ, उपसचिवमा पनि एक जना उनकै समूहका सानुकाजी कायस्थले जितेका छन । बस्नेत समूहका पदाधिकारीमा उपाध्यक्ष किरण थापा र सहसचिवमा उत्तरा नेपालले जितेका छन । प्यानल बनाएर निर्वाचनमा उत्रिएको यो अधिवेशनमा पहिलो पटक नेता बस्नेत अध्यक्ष देउजा आमुने सामुने भएका हुन । ृउद्घाटन सत्रमा पनि अध्यक्ष देउजाले पहिलो पटक बस्नेतले नेतृत्व गरेको केन्द्रीय नेताहरुको टिमलाई सार्वजनिक रुपमा नै सकै आफूलाई हराएर देखाउन चुनौति दिएका थिए । उद्घाटन सत्रमा उनले गरेको भाषण एमालेका नेता –कार्यकताहरुकाृे बीच निकै चर्चित बनेको थियो ।

Comments