ताथलीमा विवाद ः झण्डै हात हालाहाल
जेठ ८, २०८१, मङ्गलबार | विहान ०७:५५ बजे | 110
भक्तपुर । भक्तपुरको ताथलीमा गोरेटो बाटो विस्तार सम्वन्धमा विवाद भएको छ । विवाद उत्कर्षमा पुगेपछि झण्डै हात हालाहाल भएको थियो ।
ताथली पुलदेखि बुडोलसम्म पुग्ने झण्डै पाँच सय मिटर लम्वाईको गोरेटो बाटो विस्तार गर्न खोजिएपछि विवाद भएको हो । स्थानीय पीडित जग्गा धनीहरुले आफूहरुसँंग सरसल्लाह नै नगरी गोरेटो बाटो विस्तार गर्न लागेको भन्दै विरोध जनाएका थिए । यसअघि नै सिमांकन गरी किल्ला गाडीको ठाउँंमा चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीका प्रतिनिधिहरु पुगेका थिए । जवरजस्ती गोरेटो बाटो विस्तार गर्न खोजेको भन्दै स्थानीयले प्रतिकार गरेपछि झडपको स्थिति उत्पन्न भएको हो । स्थानीयले कसैलाई पनि मर्का नपर्ने गरी लगत किता गरेर मात्रै बाटो विस्तार गर्नुपर्ने माग गर्दै आएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...