बडा कार्यालय पेलेर अगाडि वढेको ताथलीबासीको गुनासो


जेठ ७, २०८१, सोमबार | विहान ११:१५ बजे | 50


बडा कार्यालय पेलेर अगाडि वढेको ताथलीबासीको गुनासो

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीले आफूहरुलाई जानकारी नै नदिएर गोरेटो बाटो विस्तार गर्न खोजेको भन्दै पीडितहरुले दुःख व्यक्त गरेका छन् । ताथली पुलदेखि विडोलसम्मको गोरेटो बाटो विस्तारका लागि भन्दै वडाले आफूहरुलाई जानकारी नै नदिई सिमांकन गरी किला गाडेको पीडितले बताएका छन् । 
ताथली पुलदेखि वुडोलसम्म करिव पाँंच सय मिटरको दुरीमा तीन मिटरको गोरेटो बाटो छ । त्यही बाटो १३ फिट हने गरी विस्तार गर्न लागिएको जनाइएको छ । त्यसका लागि त्यहाँं सिमांकन गरी किला पनि गाडिएका छन् यही हप्तामा । तर त्यसबारे आफूहरुलाई कुनै जानकारी नै नभएको पीडितहरुले बताए । उनीहरुले बाटो विरोधी आफूहरु नभएको तर आफनो व्यक्तिगत सम्पतिमाथि मनोमानी गर्न नपाइने बताए । 
एकजना पीडित तुल्सीनारायण लाखेमरुले आफूहरुलाई मौखिक लिखित केही जानकारी नै नदिई आफनो खेतमा सिमांकन गरी किला गाडेको जनाए । हामी यो किल्लालाई तुरुन्त उखेलेर फालिदिन सक्छौं, उनले भने, तर गरेनौं किनकि वडाले सल्लाह विना नै जवरजस्ती गोरेटो वाटो विस्तार गर्न खोजेको प्रमाण हामीलाई देखाउनु छ । 
अर्का पीडित लक्ष्मण फेलूले विस्तार विस्तारका क्रममा कोही विस्तार हुने खतरा रहेको र कोहीलाई भने झ्याप्पै फाइदा हुने देखिएकोले यो सवै विषयलाई नमिलाई वाटो विस्तार गर्न नपाउने बताए । यसका लागि लगत कटा गर्नु जरुरी रहेको उनले बताए । 
पीडित रामसुन्दर लाखेमरुले बाटो विस्तारको क्रममा आफनो डेढ रोपनी भन्दा वढी जग्गा बाटोले खान लागेको भन्दै मुआव्जा पाउनुपर्ने माग राखे । आफूहरुले विरोध गर्ला भनेर नै वडाले सिमांकन गर्दा विरोध गर्नेहरु जतिलाई नबोलाई सहमति जनाउनेलाई मात्रै खवर गरेको आरोप उनले लगाए । 
वडा अध्यक्ष गणेश त्यातले कसैलाई पेलेर बाटो विस्तार गर्नु उद्देश्य आफूहरुको नरहेको स्पष्ट पारे । बाटो विस्तार गर्न चाहनुहुन्न कोही भने हामी जवरजस्ती गर्दैनौं, उनले भने, वाटो विस्तार पछि फाइदा उहाँंहरुलाई नै हुने हो, हामीलाई होइन । उनल सिमांकन अगाडि सार्वजनिक सूचना जारी गरेको जनाए । त्यो सूचना कसैकसैले थाहा नपाएको हुनसक्ने उनले स्पष्टीकरण दिए । 

फाेटाेमा हेर्नुहाेस्...

बडा कार्यालय पेलेर अगाडि वढेको ताथलीबासीको गुनासो
बडा कार्यालय पेलेर अगाडि वढेको ताथलीबासीको गुनासो
बडा कार्यालय पेलेर अगाडि वढेको ताथलीबासीको गुनासो

Comments