विश्व सगरमाथा दिवस मनाउँदै ललितपुर महानगरपालिका
जेठ ६, २०८१, आइतबार | विहान १०:४६ बजे | 40
सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिड. शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरबशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले बिश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा बिश्वको सर्वोच्च शिखरमा फराउने दायित्व सहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा बिश्वकितिमानी सगरमाथा आरोही कल्पना महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथा फ¥याएको सम्झनामा साथै बिश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं. २६ को बालअधिकार समितले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिड. खेल अन्र्तगत परिचायात्मक कार्यक्रमको आयोजना गरिएको छ । धुम्बाराहिमा रहेको पासाड. ल्हामु क्लाइम्बिड. सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिड. गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिड. फेस्टिफको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं. २६ बाल अधिकार समिति महालक्ष्मी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा, र गोदावरी नगरपालिका वडा नं. ८ गणेश मावि स्कुल ब्यवस्थापन समिती लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा फराउन सफल भएको थियो । यस आरोहणको दौरानमा आरोही महर्जनले सगरमाथाको शिखरबाट शिक्षाको माध्यमबाट बाल विवाह रोकथाम अभियानलाई उद्घोस गरी ललितपुर जिल्लाबाट बाल विवाह निमूल पार्ने अभियान अन्तर्गत जिल्लाका बाल क्लब, विद्यालय, महिला समूह लगातका विभिन्न निकाय सँगको सहकार्यमा जनचेतना जगाने र बाल वाल बालिकाको अतिरिक्त क्रियाकलाप अन्तर्गत स्पोर्टस क्लाइम्बिड.को तालिम पनि संचालन गर्दै आइरहेको छ।
फाेटाेमा हेर्नुहाेस्...