ऋषि कुमार योगी प्राण मूर्तिबाट ध्यान साधना
जेठ ६, २०८१, आइतबार | विहान ०७:४८ बजे | 65
काठमाडौं । चरित्र निर्माण संघको आयोजनामा पशुपति योगाभ्यासस्थल गौशाला पशुपति पञ्च देवलमा (पूर्व वृद्धा आश्रम) मा दिनको १ बजेबाट ऋषि कुमार योगी प्राण मूर्तिबाट ध्यान साधना गराउनु भएको छ । ३० मिनेट ध्यानमा जाँदा मन हलुका भएको साथै शान्ति लाभ मिलेको साधकहरुबाट व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा पण्डित निरञ्जन पौडेलबाट स्वस्ती वाचन गरिएको थियो । महर्षि विशुद्धदेवज्यूको शिष्य साधक डा. इन्दुल के सी ज्यूले जीवन जगत् तथा महर्षि विशुद्धदेवको सानिध्यमा बिताएका क्षणको स्मरण गर्नुभयो । साथै महर्षि विशुद्धदेवज्यूले तयार गर्नुभएको चरित्र विज्ञान पुस्तकमा रहेका योग, ध्यानका बारे व्यापक चर्चा गर्नुको साथै चरित्र निर्माण गर्नुजस्तो महत्वपूर्ण कार्यमा सबै व्यक्तिहरु लाग्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
चरित्र निर्माण संघका महासचिव रमेश नकर्मीले योगा रूढ भएमा व्यक्तिमा व्यापकता आई होसपूर्वक जिउने कलाले जीवन सार्थकता पाउने कुरा उल्लेख गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष उमा हमाल तथा कार्यबाहक सभापति हिक्मत सिंहले कुण्डनी ध्यानमा रेखांकनबाट कसरी समाधि जाने (आर्ट) भने विषयमा आफ्नो अनुभूति राख्नुभयो र सदस्य माधव अधिकारीको पनि उपस्थिति थियो ।