एमाले भक्तपुरको अधिवेशनमा देउजाले केन्द्रीय नेताहरुलाई यसरी धुलोचटाए
जेठ ६, २०८१, आइतबार | विहान ०७:४० बजे | 90
भक्तपुर । एमाले भक्तपुरका निर्वतमान अध्यक्ष बचन देउजा पुन अध्यक्षमा निर्वाचित भएका छन । हिजो भएको निर्वाचनमा उनले निर्वतमान सचिव मोहनवीर श्रेष्ठलाई पराजित गर्दै दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन ।
अध्यक्षमा देउजालाई हराउन एमाले भक्तपुरका केन्द्रीय नेताहरुको टिम नै खडा भएको थियो । एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा केन्द्रीय सदस्यहरु सोम प्रसाद मिश्र,निर्मल कुमार भट्टराई पूर्व अध्यक्ष राजेन्द्र राजथला नेताहरु शशीजङ थापा,मध्यपुरका पूर्व मेयर मदनसुन्दर श्रेष्ठ लयायतको टिम नै देउजा हराउन सक्रिय रहदै आएको थियो । तर,निर्वाचनको परिणाम मार्फत ती सबै नेताहरुको जिल्लामा वास्तविक धरातल देउजाले देखाइदिए ।
देउजालाई टार्गेट गर्दै एमाले नेताहरुको एक समूह जिल्लामा निकै अघि देखि नै सक्रिय रहदै आएको थियो । तर,देउजाले आफू मात्रै होइन, सिगो जिल्ला कमिटीमा नै वहुमत जिल्ला कमिटीका सदस्यहरु आफू निकट निर्वाचन मार्फत जिताएर उनीहरुको वास्तविक हैसियत जिल्लामा पहिलो पटक राम्रैसंग देखाईदिएका हुन । नेता बस्नेतले टार्गेट गरेका देउजा समूहका सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा पराजित भए पनि पदाधिकारीमा पनि देउजा समूहकै बहुमत छ । सचिवमा देउजा समूहका विष्णु तामाङ, उपसचिवमा पनि एक जना उनकै समूहका सानुकाजी कायस्थले जितेका छन । बस्नेत समूहका पदाधिकारीमा उपाध्यक्ष किरण थापा र सहसचिवमा उत्तरा नेपालले जितेका छन । प्यानल बनाएर निर्वाचनमा उत्रिएको यो अधिवेशनमा पहिलो पटक नेता बस्नेत अध्यक्ष देउजा आमुने सामुने भएका हुन ।
फाेटाेमा हेर्नुहाेस्...