एमाले मतगणणामा विवाद ः पटकपटक स्थगित


जेठ ५, २०८१, शनिबार | साँझ ०४:०७ बजे | 80


एमाले मतगणणामा विवाद ः पटकपटक स्थगित

भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि शनिबार साँंझदेखि मतगणणा सुरु भए पनि भोलि मात्रै मत परिणाम आउने देखिएको छ । राति अवेरसम्म पनि मत गणणा सकिएको छैन । 
दुई पक्षवीच पटक पटक विवाद भई मतगणणा घण्टौं स्थगित भएपछि मत परिणाम आउन ढिलाई भएको छ । विहीबार र शुक्रबार दुईदिने अधिवेशनमा शुक्रबार नै सहमतिबाट टुंगाउने योजना थियो । तर सफल नभएपछि शनिबार विहान ८ बजेबाट मतदान सुरु गर्ने तालिका बनाइएको थियो । पछि फेरि ११ बजेबाट मतदान सुरु गर्ने योजना राखिएको थियो । तर पनि सम्भब भएन र झण्डै दुई बजेदेखि मात्रै मतदान सुरु हुन सक्यो ।
मतदान सुरु भएपछि साँंझ नै मत परिणाम आउने आशा थियो तर पटकपटक विवाद भयो र मतगणण ढिला भयो । धेरै नै राति भयो भने ११ बजेसम्ममा मत परिणाम आउने अपेक्षा थियो, एकजना जिल्लास्तरीय नेताले भने, पटकपटक विवाद भयो, घण्टौ विवाद भयो, यही भएर ढिला मात्रै मत परिणाम आउने जस्तो देखियो । राति ११ बजेसम्ममा मत परिणाम आउने अपेक्षा गरे पनि पटकपटकको विवाद र स्थगनले आइतबार विहान मात्रै परिणाम आउने अपेक्षा गर्न थालिएको छ । 
अधिवेशनमा निवर्तमान अध्यक्ष वचन देउजा र सचिव मोहनवीर श्रेष्ठको नेतृत्वमा दुई वटा प्यालनमा चुनावी प्रतिस्पर्धा छ । 

Comments