भक्तपुरमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया


जेठ ४, २०८१, शुक्रबार | विहान ०९:१६ बजे | 70


भक्तपुरमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पताल सेवा प्रवाहमा यो वर्ष देशभरमा नै ९८ अंक ल्याएर उत्कृष्ट हुन सफल भएको यो अस्पतालले बिहीवार र आज गरेर १९ जना मध्य १ जना बिरामी क्यान्सरको बिरामी भएको आसन्काले अप्रेसन नगरेको बाकी १८ जनाकोे निःशुल्क उपचार एवं शल्यक्रिया सम्पन्न गरेको छ ।
भक्तपुर अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बिहिवारदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको जानकारी दिनुभयो । उहाले भन्नुभयो, “धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन भने, कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौँ ।” आर्थिक अभावका कारण उपचार गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो । आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सु? गरेको जानकारी दिदै उहाँले अस्पतालले विहिवारदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताउनुभयो । भक्तपुर अस्पतालको नयाँ भवन बिस्तार भएसंगै बिरामीलाई थप सेवा र सुविधाको राहत भएको छ । उहाँका अनुसार निःशुल्क नहुने हो भने, पाठेघरको अप्रेसन खर्च १५ देखि २० हजार लाग्छ । जटिल खालको अप्रेसन हा भने, प्राइभेट अस्पतालमा २ देखि ३ लाखसम्म पनि लाग्ने रोगको उपचार हामीले निःशुल्क गरेको बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा पहिलो पटक पाठेघर खस्ने १८ जना महिलाहरुकोे निःशुल्क शल्यक्रिया

Comments