२१ वर्षपछि ताहाननीबाट भैरव नाच आयोजना


बैशाख २७, २०८१, बिहीबार | विहान ११:४२ बजे | 20


२१ वर्षपछि ताहाननीबाट भैरव नाच आयोजना

मध्यपुर थिमि । मध्यपुर थिमिको ऐतिहासिक भैरव नाच (भैल प्याखं) यसवर्ष मध्यपुर थिमि नपा ५ ताहाननीबाट आयोजना गरिने भएको छ । २१ वर्षपछि ताहाननीबाट सुरु गरिने भैरवनाचका लागि माइला प्रजापतिको अध्यक्षतामा २१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सचिवमा अजय प्रजापति र व्यवस्थापकमा विनोद प्रजापति रहनु भएको छ । हाल २१ सदस्यीय उक्त व्यवस्थापन समितिको सल्लाहकारमा गुरुहरु तुल्सीबहादुर प्रजापति र रत्नमान प्रजापति रहनु भएको स्थानीय बासिन्दा एवं मुल व्यवस्थापन समितिका सचिव अजय प्रजापतिले जानकारी दिनुभयो । गाईजात्राको भोलिपल्टदेखि ४ रात सम्म मध्यपुर थिमिका विभिन्न टोल अनि गल्लीहरुमा भैरव नाच नचाइने प्रचलन रहेको छ । मध्यपुर थिमिका परम्परागत बाद्य एवं नृत्य गुरु श्रीगोपाल प्रजापतिको पुरानो घर पनि ताहाननी भित्र नै रहेको बताइएको छ । गत वर्ष थिमि भैरव नाच चपाचो टोलबाट आयोजना गरिएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

२१ वर्षपछि ताहाननीबाट भैरव नाच आयोजना

Comments