सामुदायिक सरसफाई, फोहोरमैला व्यवस्थापन र दिगो वातावरण
बैशाख २५, २०८१, मङ्गलबार | विहान ०७:४२ बजे | 85
रामहरि केसी
परिचय
घर वा कुनै पनि कलकारखानालाई नचाहिने वा प्रयोग गर्न नसकिने सामग्री, पदार्थ, वा उत्पादनहरूलाई फोहोर भनिन्छ । समान्य अर्थमा भन्नुपर्दा हाम्रो घरमा प्रयोग नभएका तरकारीका जरा, बोक्रा, टुप्पा वा काममा लिन नसकिने बस्तु, सामग्री, तथा पदार्थहरुलाई फोहोर भनिन्छ वा फोहोर भनेको प्राथमिक प्रयोग पछि फ्याकिएको वा बेकारका सामान्य आर्थिक मूल्य भएका कुनै पनि पदार्थहरु सम्झनु पर्दछ । फोहरमैला भनेको सडेगलेको घिनलाग्दो बस्तु मात्र नभै नसडेको अन्य बस्तुहरु जो जहाँतहि अव्यवस्थित रुपमा फालिएका हुन्छन, यस्ता फोहर बस्तुहरुलाई हामीले एक श्रोतको रुपमा हेर्ने बानीको बिकास गरेमा फोहरलाई मोहरमा बदल्न सकिन्छ। यसरी उत्पादन भएका फोहोरमैलालाई समुचित तवरमा तहलगाउने कार्यलाई फोहोर व्यवस्थापन भनिन्छ । समुदायमा बसोबास गर्ने प्रत्येक ब्यक्तीहरु स्वंयमले त्यस्ता उवजहरुलाई आफैले सहिरुपमा तहलगाउने ९गाड्ने, कम प्रयोग गर्ने, पूनस्प्रयोग तथा अर्कोबस्तुमा प्रयोग० गर्नु पर्दछ । यसरी स्थानिय बासिन्दाहरूले उत्पादन गरेका फोहोर व्यवस्थापन गर्ने कार्यमा स्थानिय बासिन्दाहरुनै सहभागि भई सरसफाईगरेमा व्यवस्थापन कार्यमा बढी प्रभावकारी तथा दिगोपन हासिल गर्न सकिन्छ ।
यसरी हामिले उत्पादन गरेको फोहोरहरुको समुचित व्यवस्थापन नगरेमा समग्र वातावरणमा ९वायु प्रदुषण, जल प्रदुषण, खाद्य प्रदुषण,० प्रदुर्षण भई मानवस्वास्थ्यामा प्रतिकूल असरपर्न जान्छ । त्यसैले फोहरको प्रभावकारी व्यवस्थापन मानवस्वास्थ्य तथा समग्र वातावरिण गिरावट संग सम्बन्ध राख्दछ । वातावरण भन्नाले हाम्रो वरपर रहेको माटो, ढुङ्गा, हावा, पानी, ध्वनी आदिको एउटा सिङ्गो अवस्था हो । फोहोर व्यवस्थापन सामुदायिक विकासको एक आधारभूत पक्ष हो जसले स्थानिय बासिन्दाहरूको कल्याणमा गहिरो प्रभाव पार्नुको साथै सु(संस्कारको पहिचान समेत प्रतिविम्वित गर्दछ ।
अधिकांश फोहोरहरूलाई खाल्डो ९जसलाई सागा र नौगा भनिन्थ्यो० मा पुरेर जैविक मल बनाई खेतबारीमा प्रयोग गर्ने तथा सोहिकार्यको लागि अन्य किसानलाई बिक्री गर्ने गरि फोहोरमैला व्यवस्थापन गर्न नेपालमा सन् १९१९ मै चन्द्र शम्शेरको पालामा सफाइ अड्डा गठन गरिएको थियो । तर आज फोहोरमैला व्यवस्थापन हामीलाई फलामको चिउरा चपाय सरि हुन पुग्यो भनि बातावरण बिज्ञ बिष्णु पाण्डेले आफ्नो फोहोर मैलाव्यवस्थापन स् कसको दायित्व रु भन्ने लेखमा उल्लेख गर्नु भएको छ।
उदेश्य
यस लेखमा भक्तपुर नागरिक समाजकोमुख्य संयोजकत्व र नेप्सेम्याकको सकृय सहभगितामा सूर्यविनाय नगरपालिका ६ मा केन्द्रित हुँदै शुरु गरिएको साप्ताहिक सरसफाई अभियान र फोहरमैला व्यवस्थापनको महत्व र यसले समुदायमा पार्ने दूरगामी प्रभावहरूबारे चर्चा गर्ने जमर्को गरिएको छ। शहरी क्षेत्रमा घरबस्तीहरू क्रमिकरुपमा बढ्दै जाँदा र समाज बढी उपभोक्तामुखी बन्दै गएको अबस्थमा बाटोकिनारा,चोक जस्ता सार्बजनिक स्थानहरुमा फोहोरमैला बढ्दै जानु स्वभमविकै हो र यसको उचित व्यवस्थापन गर्नु हामि सबै स्थानिय बासिहरुको सामुहिक जम्मेवारि हो । यहि जम्मेवारीलाई आत्मसाथ गर्दै शुरु गरिएको सानो प्रयास हो यो साप्ताहिक सरसफाई अभियान । यस किसिमको सरसफाई तथा फोहरमैला व्यवस्थापन अभियान कार्यले जनसचेतना जगाउने र आफ्नो ईलाकामा आफैले सफा, स्वच्छ,हराभरा र स्वाभिमान नगरको पहिचान दिलाई मानवस्वस्थमा समेत टेवा पुर्याउन योगदान दिन्छ । दिगोवातावरणको संरक्षण र स्वास्थ्य जीवनयापनको सुनिश्चित गर्न महत्त्वपूर्ण भुमिका खेल्ने हुदां यसकार्यको स्रहाना गर्दै बिस्तार, ब्यपकता र निरन्तरताको समेतकामना गर्ओ ।
सहभागिता
शुरुवातिचरणमा ४र५ जनाको छलफल र सहभागिताबाट प्रारम्भ भएको यसअभियानमा हाल नेपालीसेना,नेपाल प्रहरी,ट्राफिक प्रहरी, काठमाडौ वर्ल्ड स्कुल तथा माल्ति स्कुल जस्ता संस्थागत सहभागिताको साथै सयभन्दा बढिको संख्यामा ब्याक्तिगत सहभागिताले यसकार्यको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।
फोहरमैलाका प्रकार र संभावित असरका क्षेत्रहरु
बातावरण विज्ञहरुले सामान्यतथा फोहरमैलालाई प्रयोग र प्रकृतिको आधारमा घरेलु फोहरमैला, ब्यवसायिक फोहरमैला, औद्योगिक फोहरमैला ,कृषिजन्य फोहरमैला र निर्माणजन्य फोहरमैला गरि बिभाजन गरेको पाईन्छ । जुन प्रकार र प्रकृतिका फोहरमैला भए पनि त्यसले समग्र वतावरण, मानव स्वास्थ्य तथा समाजमा नकरात्मक असर पार्दछ ।
वातावरणीय असर स् नियमित सरसफाई र प्रभावकारी फोहोरमैला व्यवस्थापनले वातावरणीय स्वास्थ्य कायम राख्न निर्णायक भूमिका खेल्दछ । फोहोरको अनुचित व्यवस्थापनले वायु ,जल, माटो प्रदूषण र हानिकारक विषाक्त पदार्थहरू निस्कन गई दुगर्न्ध फैलन सक्छ । प्रभावकारी फोहोर व्यवस्थापनका अभ्यासहरू लागू गरेर, समुदायहरूले आफ्नो प्राकृतिक परिवेशको सुरक्षा गर्न र इकोसिस्टमको दिगो रक्षा गरि राख्न सकिन्छ ।
सार्वजनिक स्वास्थ्य र सुरक्षामा असर स् फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले समुदायमा नराम्रो गन्धको साथै स्वास्थ्य समस्या ल्याउन सक्छ। अपर्याप्त सरसफाई र फोहोर व्यवस्थापनले जनस्वास्थ्य र ब्यक्तिगतसुरक्षामा प्रत्यक्ष खतरा निम्त्याउँछ। स्थानिय सार्वजनिक ईलाकामा फोहोर जम्मा हुंदा लामखुट्टे र मुसा जस्ता रोग वाहक जीवहरूको प्रजनन स्थल बन्न सक्छ र डेङ्गु, जिका, चिकनगुनिया, मलेरिया, पहेंलो ज्वरो ९थभिियध ाभखभच०, झाडा(पखाला, आऊँ, हैजा, टाइफाइड, जण्डिस, रगतमासी, प्लेग जस्ता विभिन्न रोगहरू फैलाउन सक्छ। मानवजातिमा लाग्ने अधिकांश रोगहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरसफाईसँग जोडिएका हुन्छन् । फोहोरको उचित व्यवस्थापनले यी जोखिमहरूलाई कम गर्छ र समुदायका सबै सदस्यहरूका लागि सुरक्षित र निरोगी बस्ने वातावरण सिर्जना गर्दछ । काठामाडौ उपत्यका हाल विश्वकै प्रद्शणयुक्त राष्ट्रमा गनिन पुगेको छ। काठमाडौं उपत्यकामा सन २०२३ को हिउंदमा कुनै बेला केही दिन पीएम २।५ स्तर ४८८ रेकर्ड भएको तथ्याङ्क छ, जुन मानविय स्वास्थ्यामा वायु गुणस्तर सूचकांक ९ब्ष्च त्रगबष्तिथ ष्लमभह(ब्त्तक्ष्० अनुसार जोखिमको सङ्केत हो । बातावरण बिदहरुको अनुसार काठमाडौ उपत्यकामा वायु प्रदुर्षणका कारण प्रतिबर्ष सरदर ३५ऽ००० मानिसहरुको मृतु हुने र अन्य क्षेत्रकम बासिन्दाको भन्दा चार बर्ष आयु घटि भएको जिकिर छ । ९जततउकस्ररदयचनभलउचयवभअत।यचनरबष्च(उयििगतष्यल(ष्ल(लभउबकि(पबतजmबलमग(खबििभथ०।
सौन्दर्य र मनोवैज्ञानिक असर स् स्वाच्छ, सफा र सुन्दर समुदायले वरपरको समग्र सौन्दर्यमा योगदान दिन्छ। सफा वातावरणमा बस्दा त्यहांका बासिन्दाहरूको मनोवैज्ञानिक पक्षमा सकारात्मक प्रभाव पार्छ। यसले सामुदायका सबै सदस्यहरू बीच समाजिक,सास्कृतिक,मानसिक र भावनात्मक पक्षमा सामिप्यता जगाई विविधतामा एकता र एकतामा शक्ति उत्पादन गर्ने कार्य गर्दछ । समुदायमा जथाभाबी फोहर भएमा अरु व्यक्तिहरुको नजरमा असभ्य र नराम्रो समाजको रुपमा चिनिने मनोवैज्ञानिक असर उत्पन्न हुन्छ ।
स्रोत संरक्षण र दिगोपनमा असरस् प्रभावकारी फोहोरमैला व्यवस्थापनकार्य विसर्जन भन्दा ब्यपक फैलिएको छ, यसमा प्रयोग सामग्रीहरू घटाउने, पुनस् प्रयोग गर्ने तथा त्यसबाट अर्को बस्तु बनाउने प्रयासहरू समावेश हुन्छन। यी अभ्यासहरूले स्रोतको संरक्षण तथा मितव्यायिता, ऊर्जा दक्षतामा बिकास, र हरितगृह ग्यास उत्सर्जन घटाउन योगदान दिन्छ। दिगो फोहोरमैला व्यवस्थापन रणनीतिहरूले समुदायमा दीर्घकालीनरुपमा स्रोत तथा साधनाहरूको संरक्षण र प्रयोगमा जिम्मेवारीपनको सुनिश्चित गरि दिगोपन ल्याउदंछ ।
सामुदायिक एकता र गौरवमा असरस् फोहोर व्यवस्थापन गतिविधिहरूमा सहभागी हुनाले सामुदायमा एकताको भावना बढाउँछ। वरपर सफा राख्नको लागि सहयोगी प्रयासहरूले सामाजिक अन्तरक्रिया र समुदायको भलाईको लागि साझा जिम्मेवारीको भावनामा अभिबृदि भई स्थानिय बासिन्दाहरूमा सामाजिक संरचनालाई बलियो बनाई राख्दा सफा,स्वच्छ र स्वस्थ वातावरणको निर्माण गर्न योगदान दिनेकार्यमा आत्मनिर्भरताको बिकास हुने गर्छन्।
आर्थिकक्षेत्रमा असर स् समुदायमा जथाभाबी फोहर भएमा हाम्रो देशमा पयर्टकीय विकास नहुनुको साथै राज्यको धेरै पैसा फोहर व्यवस्थापनमा खर्चिनु पर्ने हुदाँ देशको अर्थतन्त्रमा असर समेत पर्न सक्ने देखिन्छ । त्यसैले आर्थिक सम्बृदिको बढि सम्भावना रहेको पयर्टकीय क्षेत्रको समुचित बिकासको पूर्वाधारकोलागी समेत प्रभावकारी फोहोरमैला व्यवस्थापनकार्य आवश्यकता पर्दछ ।
वातावरण, सरसफाई र फोहोरमैला व्यवस्थापनसंम्बन्धी कानुनी प्रावधानहरु
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रदान गरेको छ। त्यसैले प्रत्येक नेपालीहरुको मौलिक अधिकारको हो । यसै धारामा वातावरणिय प्रदूषण वा ह्रासबाट हुने कुनै पनि हानिको लागि कानून बमोजिम क्षतिपूर्ति पाउने अधिकारको समेत व्यवस्था गरिएको पाईन्छ । यसको अलवा नेपाल सरकारले वातावरण संरक्षण , प्रवर्द्धन र प्रदूषण कम गर्ने उद्देश्यले वातावरण संरक्षण ऐन, २०७६ र नियमावली २०७७ जारी गरेको छ। मुलुकी आचार संहिता २०७४ को भाग २, धारा ११२, जुन नागरिक आचार संहिता हो, जसले वातावरणिय प्रदूषणमा योगदान गर्नेहरू ब्याक्ति वा समुहलाई सजायको समेत पनि ब्यबस्था गरेको पाईन्छ । यसरी कानुनी प्रावधानहरुमा कुनै कमि छैन, मात्रैकमि छ भने हामिहरुको ईच्छा शक्तिमा ।
सरसफाई र फोहोरमैला व्यवस्थापनका लागि सुझावहरु
स्थानीय तहहरुमा क्षमता विकासको लागि पहिचान गरिएका क्षेत्रहरुमध्ये फोहोर मैला र ब्यबस्थापन पनि एक हो । स्वच्छ, सुन्दर र सभ्य शहरको सुचक नै फोहर मैलाको उचित ब्यबस्थापन र दिगो बाताबरण संरक्षण हो, यस पवित्रकार्यको लागि निम्न लिखित कार्यहरु गर्नु पर्नेहुन्छ ।
१। नगरपालिकाले बायोडिग्रेडेबल तथा नन(डिग्रेडेबल बस्तुहरु राख्नको लागी फरक फरक कन्टेनरहरुको प्रबन्ध गर्ने ।
२। स्थानियबासिहरुले आफ्नो घर(पसलामा निस्केका त्यस्ता फोहर तथा बढिभएका बस्तुहरु ९ प्लाष्टिक, शिशा, चुरोटका ठुटा, फलामका टुक्रा तथा सागसब्जिका पात तथा जराहरु० नगरपालिकाले तोके अनुसारका बायोडिग्रेडेबल तथा नन(डिग्रेडेबलबस्तुहरु राख्ने कन्टेनरहरुका जम्मा गर्ने बानि बसाल्ने ।
३। नगरपालिकाले सामुदायिक सरसफाई, फोहोरमैला व्यवस्थापन , वातावरण संरक्षण र जनस्वास्थ्य संम्बन्धि नागरिक कर्तव्यबारे जनचेतना मुलक कार्यक्रमहरु संचलन गर्ने ।
४। वडा तहबाट सामुदायिक सरसफाई, फोहोरमैला व्यवस्थापनकार्यमा नियमितरुपमा सहभागिता जनाउनुको साथै कार्य भए नभएको संबन्धमा अनुगमन गर्ने ।
५। वडा तहका जनप्रतिनिधिहरु सामुदायिका सच्चा सहयोगि तथा पथप्रदर्शक हुन त्यसैले सरसफाई, फोहोरमैला व्यवस्थापनकार्यमा उहाहरुको प्रत्यक्ष्य सहभागिताले स्थानिय जनसहभागितामा अझ उर्जा मिल्ने हुन्छ ।
६। जुनसुकै खेर जाने वस्तुलाई प्रशोधन गरेर वा नगरी पुनः अर्कोकार्यमा लिने बानीको बिकास गर्ने । जस्तो जैविक फोहोरबाट कम्पोष्ट मलबनाउने ।
७। फोहर भएपछि त्यसको व्यवस्थापन गर्नुभन्दा फोहर उत्पादन नगर्नु वा कम गर्ने बानि नै राम्रो उपाय हो । त्यसैले अंग्रेजी ४ च् ९च्भमगअभ, च्भगकभ, च्भअथअभि बलम च्भअयखभचथ० वा फोहरलाई घटाउने, पुनःप्रयोग गर्ने, पुनः प्रशोधन गर्ने र पुनर्लाभ गर्ने कार्यमा समुदायको बानि बसाउन आवश्यक देखिन्छ ।
८। हरेक घरले आफ्नो फोहोर आफै व्यवस्थापन गर्न सके समुदाय आफै सफा हुन्छ।
संक्षेप
संघिय गणतान्त्रिक नेपालमा स्थानिय सरकार संचालन ऐन २०७४ ले पनि फोहरमैलाको व्यवस्थापन गर्ने दायित्व स्थानिय तहको हुने कुरा उल्लेख गरेको अबस्थामा समुदायको सरसफाई तथा फोहरमैलाको उचित र सक्रिय व्यवस्थापन गरि आफ्नो नगरर वडा सफा,स्वास्थ्य , सुन्दर अनि हराभरा बनाउने गहनजिम्मेवारी पाउंदा पनि जन चाहना,भावना, र ईच्छाअनुसार काम हुन नसक्नु हामि सबैको दुरभाग्य नै मान्नु पर्दछ । फोहोर मैला व्यवस्थापनमा स्थानीय तहको भूमिका अभिभावकीय हुने निष्कर्ष हामीले निकाल्दै गर्दा हामी सबैको सहयोग, समर्थन, समन्वय र सहकार्य बिना स्थानीय तह एक्लैले फेरि पनि फोहोरमैला व्यवस्थापन गर्न नसक्ने यथार्थतालाई भुल्नु हुँदैन । त्यसैले यो साप्ताहिक सरसफाई अभियानमा स्थानिय बासिन्दाहरु,ब्याक्ति तथा संघसंस्था सबै एकजुटहुंदै आफ्नो स्थानको बातावरण संरक्षणमा दिगोयोगदान पुर्याउं ।
लेखक नेपाली सेनाको अ.प्रा प्रमुख सेनानी हुनुहुन्छ ।