भैलख र नकिंजु खचा तःमारीमा ः आजभोलि नै विगार्न सकाउने
बैशाख १४, २०८१, शुक्रबार | विहान ०६:३१ बजे | 20
भक्तपुर । विस्का जात्राको भैलख र नकिंजु खचा भक्तपुरको तःमारीमा पुरयाई भत्काउने कार्य धमाधम भइरहेको छ । आजभोलि नै दुवै रथ भत्काउन सकाउने जनाइएको छ ।
यसअघि नासमनामा रहेको भैलखलाई त्यही नै भत्काउन सुरु गरेको थियो । नासमनाको एउटा घर मन्दिरमा छानामा ठक्कर खाई बसेकोले माथिल्लो तल्ला त्यही नै भत्काइएको थियो । यतिकै नभत्काई तानेर ल्याउँंदा ठोकिएको घर मन्दिर भत्कन सक्ने भएकोले त्यहाँं ठोक्किएको माथिल्लो तल्ला भत्काइएको थियो । त्यसपछि बाँंकी रथलाई तःमारीमा तानेर ल्याइएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...