बाटो बन्द गरेर विगार्न थालियो भैलख


बैशाख ११, २०८१, मङ्गलबार | विहान ११:४० बजे | 45


बाटो बन्द गरेर विगार्न थालियो भैलख

भक्तपुर । विस्का जात्राको भैलख (भैरबनाथको रथ) मंगलबारदेखि विगार्न थालिएको छ । नासमनाको मुख्य बजारमा रहेको रथलाई त्यहीबाट विगार्न थालिएको हो । यसअघि भए तःमारीसम्म तानेर लगेर रथलाई विगार्ने गरिन्थ्यो । तर यो पटक नासमनास्थित घर, देवघरमा ठोक्किएर बसेकाले त्यहीबाट नै विगार्न थालिएका हो । 
रथलाई तानेर लाँंदा ठोकिएको घर देवघर भत्कनसक्ने भएकोले त्यही नै विगारिएको हो । विगारेर ती काठलाई तःमारीमै अर्काे वर्षका लागि साचेर राख्ने गरिन्छ । गुडाएर लान पाए ओसार्न सजिलो हुने थियो । तर त्यही विगार्नुपर्ने भएकाले तःमारीमा काठ पुरयाउन थोरै समस्या भएको छ । 
रथ विगार्दा मुख्य सडकमा डोरी टाँंगेर बाटो अवरुद्ध पारी रथ विगारिएको छ । रथ विर्गार्दा काठ खसेर दुर्घटना हुनसक्ने विषयलाई ध्यान दिई यसो गरिएको हो । 

फाेटाेमा हेर्नुहाेस्...

बाटो बन्द गरेर विगार्न थालियो भैलख
बाटो बन्द गरेर विगार्न थालियो भैलख
बाटो बन्द गरेर विगार्न थालियो भैलख

Comments