गुम्बाको प्राण प्रतिष्ठान (राप्ने ) शुद्धिकरण तथा उदघाटन सम्पन्न
बैशाख १०, २०८१, सोमबार | दिउँसो ०१:२१ बजे | 120
काभ्रे । धार्मिक तथा सांस्कृतिक विविधताले भरीपुर्ण काभ्रे जिल्लाकै सुन्दर स्थान चौरीदेउराली गाउँपालिकाको नाग्रेगगर्चे । विभिन्न जातजाति र धर्मावलम्बीहरुको आस्थाका धरोहर टासी कुन्सालिङ गुम्बा, बौद्ध धर्म दिप छ्योर्तेन गुम्बा ,श्री टाशी म्होइथर्लिङ गोन्पा, टासी छ्योइफेलिङ गुम्बा र सत्यकी देवी दुतिका खाँडादेवी लगाएत देवताहरुको पवित्र बासस्थान रहेको नाग्रेगगर्चे झट्ट हेर्दा जो कोहीलाई स्वर्गको टुक्रा लाग्नु स्वभाविकै हो । पर्यटकीय सम्भावना बोकेको एसिया महादेशकै दोस्रो ठुलो पहिरो रहेको छ । उक्त पवित्र भुमिमा वृहत् समारोहको साथ टासी छ्योइफेलिङ गुम्बाको उद्दघाटन कार्यक्रम सम्पन्न भयो । उद्दघाटन समारोहको सभापति गुम्बाको प्रमुख लामा तथा अध्यक्ष कृष्णा ब• घिसिङ र प्रमुख अतिथि श्रद्धेय धर्म गुरु पुजननिय खेन रिन्पोक्षे साङ्गे राङज्युङ फर्पिङ गुम्बाको प्रमुख धर्म गुरु रिन्पोक्षे ज्युको बाहुल्यतामा गुम्बाको प्राण प्रतिष्ठान ( राप्ने ) शुद्धिकरण गर्नुभएको थियो । समाजसेवी एवम् धार्मिक अभियान्ता टेकराज मोक्तानले विभिन्न गुम्बाका लामा धर्म गुरुहरुलाई धार्मिक पुस्तक वितरण गरेका छन । चार जिल्लाको संगम स्थल कोशीपारी चौरीदेउराली गाउँपालिका वडा नं २ नाग्रे गर्गर्चेमा रहेको टासी छ्योइफेलिङ गुम्बा चलाखुको घिसिङ लामा परिवारको सकृयतामा गुम्बा निर्माण गरि सम्पन्न गरिएको थियो । गुम्बा निर्माण समितिको कोषध्याक्ष शान्ती लामा घिसिङ राइ ले सबै आमान्त्रीत धर्मवालम्वीहरुलाई शब्द रुपि स्वागत गर्दै टासी छ्योइफेलिङ गुम्बा निर्माण गर्ने क्रममा नेपाल सरकारको तर्फ बाट कुनै पनि किसिमको सहयोग नभएको गुनासो गर्दै यो गुम्बा हामी दुख सुख जसरी बनायो तर राज्यको अबहेलित गुम्बा हो तर यो राज्याको सम्पत्ति हो । यो वडा गाउपालिका र देशको गहन हो तर वडा देखि पालिका र प्रदेश केन्द्र सरकार सम्म पुग्दा नि कुनै सहयोग गर्नुको बिकल्प समस्या थुपार्ने र दुख दिने नेहत मात्र देखिएको भन्दै दुखेसो राख्नु भयो । कार्यक्रममा बिभिन्न जिल्ला को गुम्बाबाट प्रमुख लामा हरु, खेम्बोला, आचार्य, लामा डापहरु म्हाणी समुह तथा उपासक उपासिकहरुको उपस्थिति थियो र प्राण प्रतिष्ठान ( राप्ने ) शुद्धिकरण पुजा सकिए पछि उपस्थिति धर्म वलम्बीहरुलाई छे वाङ आयु अबिषेक तथा प्रसाद ग्रहण गर्नु भएको थियो । प्रमुख अतिथि श्रद्धेय धर्म गुरु पुजननिय खेन रिन्पोक्षे साङ्गे राङज्युङ बाट वाङ अबिषेक प्रदान गर्दै बौद्ध धर्मको बिकास सरक्षण गाउ गाउबाट हुदै आएको र यस्तो गुम्बा स्तुपा चैत्य निर्माण ले सबै प्राणीको हित सर्ब कल्याण हुने यो निमार्ण गर्नेको दानाले आफु मात्र होइन आफ्नो सबै सन्तान लाई पुन्य हुने शब्द रुपि प्रवचन बाट प्रस्ट्र पार्नु भयो । कार्यक्रममा सन्चालन गर्ने क्रममा समाजसेवी एवम् धार्मिक अभियान्ता टेकराज मोक्तान भन्छन् ” यो धर्म गर्ने गुम्बा मात्र नभै गाउ समाजको बिचभुभागमा निमार्ण गुम्बाले समाजको सबै कर्मकार्य गर्दा बहुउपयोगी धार्मिक स्थल सबै सेवारथ केन्द्र हुने जानकारी गर्नु भयो । उक्त कार्यक्रममा गुम्बा निमार्ण समितिको सचिब बिश्वा बिजय घिसिङले सहयोगी दाताहरुको सहयोग रकम वाचन गर्दै प्रमुख अतिथि ज्युबाट खादा लगाएर सम्मान गरिएको थियो भने गुम्बा प्रमुख लामा तथा अध्यक्ष कृष्णा बहादुर घिसिङ लामाको तर्फबाट वाहाको छोरा प्रेम घिसिङबाट धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...