ढालियो पोटरी स्वायरको ल्हा मरु ल्योसिंद्य
बैशाख ५, २०८१, बुधबार | विहान ०५:०९ बजे | 30
भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको ल्हा मरु ल्योसिंद्य (हात नभएको लिंगो) बुधबार विहान ढालिएको छ । विधिपूर्वक विहान झण्डै साढे १० बजे लिंगो ढालिएको हो । प्रत्येक वर्ष वैशाख ५ गते यो लिंगो ढाल्ने गरिन्छ । लिंगो चैत 30 गते उठाइएको थियो ।