आज सगुन जात्रा अर्थात द्यः सँग पूजा


बैशाख ४, २०८१, मङ्गलबार | विहान ०१:५७ बजे | 70


आज सगुन जात्रा अर्थात द्यः सँग पूजा

भक्तपुर । विस्का जात्रा अन्तर्गत आज सगुन जात्रा अर्थात द्यः सँग वियगू –देवतालाई सगुन चढाउने जात्रा) हुँंदैछ । यो जात्रालाई महत्वपूर्ण जात्राको रुपमा चिनिन्छ । यो जात्रालाई स्वङ्ग पूजाको रुपमा पनि चिनिन्छ । यो जात्रा भक्तपुरका सबै शक्ति पिठ तथा जात्रा सञ्चालनमा रहेको देवीदेवतालाई आआफ्नो द्यो छें (देवता घर) बाट बाहिर निकालेर द्योः छें प्राङ्गन, पाटी, सत्तलमा राखिन्छ । त्यसपछि घरघरबाट पूजा गरेर विभिन्न परिकार तथा सगुन चढाएर यो जात्रा मनाइन्छ । जात्रा दिनभर भक्तपुर नगरभरि चल्नेछ ।

Comments