ओइली नाक हुनबाट बचाउने कसरी ? जोगाउने कसरी ?


बैशाख ३, २०८१, सोमबार | विहान ०१:५२ बजे | 45


ओइली नाक हुनबाट बचाउने कसरी ? जोगाउने कसरी ?

गर्मीयाम महिना र पसिना सँगसँगै आउँछ । र, ओइली छाला (चिल्लोपन) हुने मान्छेहरुलाई पसिना पुछ्दा पुछ्दा हैरान हुन्छन् । त्यसमा पनि बढी नाकको टुप्पोको छाला ओइली अर्थात चिल्लो हुने पसिना बढी आउने गर्छ । यस्ता व्यक्तिको नाकको छाला सधैं चिपचिप हुने, बारम्बार नाक सफा गर्दा नाक रातो हुन्छ । 
खासमा किन नाकको छाला सबैभन्दा ओइली हुन्छ ?
विभिन्न कारणले हुनसक्छ । जसमध्ये छाला धेरै सफा गर्नाले, शरीरमा हर्मोनको गडबडी हुँदा, तनाब, नियमित मोस्जराइजार नलगाउँदा वा प्रयोग नगर्दा हुन्छ । त्यस्तै आफ्नो छाला अनुसार प्रडक्ट नलगाउँदा, अल्कोहल र क्याफिनको अत्याधिक प्रयोग गर्नाले हुनसक्छ ।
कसरी ओइली नाक हुनबाट बचाउने ?
१. छालालाई नियमित रुपमा सफा राख्न क्लिजिंग गर्ने वा फेसवासले मुख धुने बानी गर्नुपर्छ । त्यस्तै हप्तामा एक वा दुई पटक सामान्य फेस मास्क प्रयोग गर्न सकेमा ओइली नाक हुनबाट बच्न सकिन्छ ।
२. फेसवास गरिसकेपछि मुखमा मोइस्चराइजर र टोनर लगाउन सकिन्छ । यसले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ ।
३. दिनभरी लगाएको मेकअप राती सुत्ने बेला राम्ररी पखालेर वा पुछेर मात्र सुत्न सकेमा पनि छाला ओइली हुँदैन । 
४. आफ्नो छाला अनुसारको उपयुक्त मेकअपहरु प्रयोग गर्नुपर्छ । जस्तै ओइली छाला भएमा त्यसलाई बचाउन चिकित्सकलाई जाँच गराएर कस्मेटिक प्रडक्ट लगाउन सकिन्छ । यसले पनि छालालाई ओइली हुन दिँदैन ।
५. छालालाई नियमित रूपमा एक्सफोलिएशन गर्न सकिन्छ । एक्सफोलिएशन भनेको छालाको बाहिरी तहबाट मृत छालाका कोशिकाहरू हटाउने प्रक्रिया हो । यसले मृत छालाका कोशिकाहरू हटाउने र छालालाई  सुख्खा हुनबाट जोगाउने वा रोक्ने काम गर्छ ।
६. घर बस्दा वा घरबाट बाहिर जाँदा नियमित रुपमा सनस्क्रिमको लगाउन सकिन्छ । यसबाट नाकको छाला मात्र नभई सम्पूर्ण छालालाई क्षति हुनबाट बचाउँछ ।
७. पर्याप्त मात्रामा पानी पिउने यसले शरीरलाई हाइड्रेटेड बनाएर छालाको स्वास्थ्य राख्न मद्दत गर्छ ।
८. वायाक्स्, ब्लेकहेड रिमूभल स्ट्रिप्स जस्ता प्रोडक्टबाट टाढा बस्नुपर्छ । किनभने यसले छालाको प्राकृतिक नमी हटाउन सक्छ । 
९. खानपानमा विशेष ध्यान दिने विशेषगरी एन्टिअक्सिडेन्टयुक्त फलफूल र तरकारीको सेवन गर्ने गर्नुपर्छ । मसलादार र तेलयुक्त खानेकुराबाट टाढै रहनुपर्छ ।
१०. आफ्नो हातले आफ्नो अनुहार छुन कम गर्ने प्रयास गर्नुहोस्, किनकि तपाईंका हातहरूले तपाईंको नाकको छालाबाट तेल फैलाउन सक्छ । थप रूपमा, यसले छालामा ब्याक्टेरिया स्थानान्तरण गर्दछ, जसले संक्रमणको जोखिम बढाउँछ ।
यसका केही घरेलु उपाय
१. कागती र चिनी मिश्रण
कागती र चिनीलाई मिसाउने, त्यसपछि त्यसलाई नाकमा लगाएर केही समय मसाज गर्ने । त्यसपछि लगभग १५ मिनेट लागि यत्तिकै राख्ने । र, सफा पानीले सफा गर्नुपर्छ । यसले छालामा उत्पादन हुने अतिरिक्त तेललाई सीमित गर्छ । किनभने यसमा एन्टिब्याक्टेरियल र एन्टिअक्सिडेन्टमा भरपुर मात्रा हुन्छ र कागतीले ब्याक्टेरियासँग लड्छ र छालामा देखिने अतिरिक्त तेल उत्पादनलाई सीमित गर्छ ।
२. बदाम र मह
त्यस्तै बदाम र मह मिसाएको लेप नाकमा लगाउँन सकिन्छ । यसको लागि बदामको पाउडर वा भिजेको बदामलाई पिस्ने र त्यसमा मह मिसाएर पेस्ट बनाउने । त्यसपछि नाकमा पेस्ट लगाएर हल्का मसाज गर्ने र २० मिनेट राख्ने र त्यसपछि सफा पानी पखाल्ने । यसले नाकको छालामा जमेको धुलो, फोहोर र तेल अर्थात ओइलीपना हटाउँछ । किनभने यसमा एन्टिमाइक्रोबियल र एन्टिब्याक्टेरियल एजेन्टहरू पाइन्छ । 
३. दूध र चन्दनको मिश्रण
दुध र चन्दनको पाउडरलेको मिश्रण नाकमा लगाउँदा यसले नाकमा आउने ओइललामई नियन्त्रण गर्नुको साथै  छालामा आउने पिग्मेन्टेसन (छालामा आउने दाग) लाई कम गर्ने र व्ल्याकहेड्सलाई हटाउन मद्दत गर्छ । 
एक चम्चा चन्दनको धुलो लिने र आवश्यकता अनुसार दूध र थोरै गुलाबजल मिसाउनु पर्छ । त्यसपछि आफ्नो नाकको छालामा यो पेस्ट लगाउने  । र, त्यसपछि त्यसलाई लगभग २० देखि ३० मिनेटको लागि छोड्ने र त्यसपछि सामान्य पानीले छाला सफा गर्ने गर्नुपर्छ । यसले छालालाई स्वस्थ  र चम्किलो बनाउन मद्दत गर्छ ।
एजेन्सीको सहयोगमा

Comments