सवा पाँंचमा ढालियो यसिंद्य ः पाएन दुर्घटना हुन
बैशाख १, २०८१, शनिबार | विहान ११:५६ बजे | 20
भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) शनिबार साँंझ सवा ५ बजे ढालिएको छ । हिजो साँंझ सात बजेर ४४ मिनेटमा उठाउन सफल योसिंद्य आज साँंझ सवा पाँंच बजे ढालिएको हो ।
यसिंद्यो उठेपछि हिजो यसिंद्यो चर्किएको र ढाल्दा दुर्घटना हुनसक्नेतर्फ धेरैतर्फबाट सचेत पारिएको थियो । सौभाग्य दुर्घटना हुन पाएन । विस्काको क्रममा हालसम्म कुही कतै कुनै दुर्घटना हुन पाएको छैन ।
सयौं युवाहरुले डोरीको सहायताले तानेर हिजो शुक्रबार साढे बजेबाट तान्न थालेको यसिंद्यो राति उठाउन सफल भएको थियो । जात्रा हेर्न जात्रास्थल आसपास दिउँंसोदेखि नै हजारौं जात्रालुहरुको भीड लागेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...