७ः४४ मा उठाइयो ल्योसिंद्य


चैत ३०, २०८०, शुक्रबार | दिउँसो ०२:१५ बजे | 55


७ः४४ मा उठाइयो ल्योसिंद्य

भक्तपुर । भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ५५ हात लामो यसिंद्य (लिंगो) शुक्रबार उठाइएको छ । साढे ६ बजेबाट तान्न थालिएको लिंगो साँंझ सात बजेर ४४ मिनेटमा उठाउन सफल भएको हो । सयौं युवाहरुले डोरीको सहायताले तानेर यसिंद्यो उठाउन सफल भएको हो । जात्रा हेर्न जात्रास्थल आसपास दिउँंसोदेखि नै हजारौं जात्रालुहरुको भीड लागेको थियो । 
यो जात्रा विस्का जात्राको सवैभन्दा बढी आकर्षणको जात्रा हो । भक्तपुर नगरपालिका वडा नं ५ को योसिंखेल भन्ने ठाउँंमा प्रत्येक वर्ष जस्तै यसिंद्य उठाइएको हो । प्रत्येक वर्ष यसिंद्य उठाउने ठाउँं भएकै कारण यो ठाउँं योसिंखेल भनेर चिनिन्छ । 
जात्रा हेर्न भक्तपुरसहित काठमाडौं, ललितपुर अनि काठमाडौं उपत्यका आसपासबाट हजारौ जात्राप्रेमीहरू ल्योसिंखेल आएका थिए । यही कारण भक्तपुर नगरपालिकाले विभिन्न ठाउँंहरुमा पार्किङको व्यवस्था मिलाएको थियो । नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी यसका लागि नक्सासहितको ठाउँंहरु सार्वजनिक गरेको थियो । 
गुुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खिमा ओली जात्रा सफलतापूर्वक सम्पन्न भएको जनाइन् । जात्राको लागि प्रमुख लिंगो यसअघि नै जात्रास्थल ल्योसिंखेलमा पुरयाई उठाउनु अघि दिउँंसो हात –काठबाटै हात जस्तो) बाँंधिएको थियो । ठूलो अनि लामो भएका कारण कुनै वर्ष लिंगो उभ्याउन नसकेको घटना पनि छ । 
प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ । उभ्याइएको लिंगो वैशाख १ गते (यो वर्ष शनिबार) साँंझ ढाल्ने गरिन्छ । चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ ।
यसअघि नयाँ वर्ष चार दिनअघि प्रसिद्ध पाँंचतले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ मंगलबार दिउँंसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँंवर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले भैरबनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्षभन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनीतिक विखण्डनलगायत विसं. १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनीतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट हजारौं मानिसहरू आउने गर्दछन् । विस्का जात्रा प्रत्येक वर्ष वैशाख ५ गते सकिन्छ । 
 

फाेटाेमा हेर्नुहाेस्...

७ः४४ मा उठाइयो ल्योसिंद्य

Comments