११ः५० मा उठ्यो हात नभएको यसिंद्य


चैत ३०, २०८०, शुक्रबार | विहान ०७:२५ बजे | 40


११ः५० मा उठ्यो हात नभएको यसिंद्य

भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा यसिंद्य) उठाइएको छ । विहान झण्डै ११ बजेर ५० मिनेटमा लिंगो उठाउन सुरु गरिएको थियो । स्थानीयले मिलेर डोरीको सहायताले लिगो तानिएको थियो । लिंगो उठाएको जात्रा हेर्न हजारौको भीड लागेको थियो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन विहान यहाँं यसरी नै हात नभएको लिंगो उठाइन्छ । यही दिन साँंझ भने भेलुखेलमा हात भएको यसिंद्य उठाइन्छ । उता मध्यपुर थिमि नगरपालिका वडा नं ८ मा पनि विहानै हात नभएको लिंगो उठाएर विस्काट जात्राको थालनी भएको छ । 

Comments