सकियो “दुई दशकमा लाङटाङ ः प्रकृति, विविधता, भुकम्प, र जीवन” बारेको फोटो प्रदर्शनी
चैत २०, २०८०, मङ्गलबार | दिउँसो ०३:०७ बजे | 50
कीर्तिपुर । “दुई दशकमा लाङटाङ ः प्रकृति, विविधता, भुकम्प, र जीवन” बारेको फोटो प्रदर्शनी बुधबार कीर्तिपुरमा सकिएको छ । पुस्तकालय तथा सुचना विज्ञान केन्द्रिय विभाग, त्रिवि केन्द्रीय पुस्तकालय, वासिङ्गटन विश्विद्यायलय र नेपाल इन्जिनियरिङ्ग कलेजको आयोजनामा “दुई दशकमा लाङटाङ ः प्रकृति, विविधता, भुकम्प, र जीवन” शिर्षकमा फोटो प्रदर्शनी कार्यक्रमको उद्घाटन त्रिविका रेक्टर प्रो. भार्गव धितालले गर्नुभयो । कार्यक्रममा त्रिविका प्रिन्सिपल प्रो डा. ध्यानेन्द्रबहादुर राई, प्रो.डा.मुकेश चालिसे, प्रो.डा. रान्डल सि काइज, सागरराज सुबेदी, डा. लीला न्याइच्याई, डा. नारायण कोजू, डा. लक्ष्मण खनाल र सरिता गौतमले बोल्नुभयो ।
फिल्ड अनुसन्धानको दौरानमा मुकेश चालिसे र रान्डल काइजले शुरु गरेका थिए । सन् २००७ मा त्यही फिल्ड अनुसन्धानका दौरानमा पहिलो पटक लाड.टाड.मा हिउँचितुवाको अवस्थीतिबारे रिपोर्ट गरेका हुन् । उहाँहरुले आफ्नो अध्ययन अनुसन्धानको समयमा त्यहाँको प्रकृति र समाजका फोटाहरु खिचेको रेकर्डलाई फोटो प्रदर्शनमा उतारेको छ । त्यस्तै नयाँ पिढीका बैज्ञानिक तथा अन्वेषक डा. नारायण कोजू , कालाकार तथा सहयात्री बालकृष्ण बनमालाका तस्वीरहरु प्नि प्रदर्शनमा थिए । प्छिल्ला समयमा उहाँहरुले फिल्ड अनुसन्धानलाई थप नयाँ पिढीलाई सिकाउने कर्म गर्दै आएका हुन् । प्mोटोबाट लाड.टाड.का अवस्था सन् २०१५ को भुकम्प अघि र पछिका समयमा भएका परिवर्तनहरुको अवस्था बारे पनि प्रतिबिम्ब भएका थिए । उहाँहरुको सो कामकाबारे कार्यक्रममा व्याख्या र प्रसंशा गरियो ।
प्ुास्तकालय तथा सूचना विज्ञानमा फोेटोहरुलाई पनि महत्पूर्ण सूचनास्रोतका रुपमा प्रयोग गर्न गराउन सकिने र डाटाका रुपमा लिन सकिने कुरालाई औल्याउदै उक्त प्रदर्शनको बहुआयामिक महत्वमाथि प्रकाश पारे । कर्यक्रममा पुस्तकालय तथा सूचना विज्ञान विभागका पहिलो सेमेष्टका विद्यार्थीहरुले प्रदर्शनी व्यवस्थापनमा स्वयंसेवकको कार्य गरे ।
यी फोटोहरु वासिङटन विश्वविद्यालयका प्रो. रायन्डल सि काइज, त्रिविका प्रो. मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डा. नारायण प्रसाद कोजू , र कलाकार बालकृष्ण बनमालाबाट सन् २००२ देखि २०२३ को विविध समयमा खिचिएका फोटाहरु हुन् । यी फोटोहरु विभिन्न अनुसन्धान र तालिमहरुका दौरानमा खिचिएका मध्यबाट सय वटा छानिएका फोटाहरुको प्रदर्शन गरिन लागेको हो ।
फोटो प्रदर्शन चैत्र १९ र २० गरि दुइदिन सम्म प्रदर्शन गरिएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...