खेलले स्वस्थ र अनुसासित हुन मद्दत पुग्छ : उपाध्यक्ष कटुवाल


चैत १६, २०८०, शुक्रबार | विहान ०८:०९ बजे | 60


खेलले स्वस्थ र अनुसासित हुन मद्दत पुग्छ : उपाध्यक्ष कटुवाल

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पुर्बी क्षेत्रीय समितिले आयोजना गरेको प्रथम ग्रील तथा स्टील ब्यवसायी फुट्बल प्रतियोगिताका बिजयी खेलाडीहरुलाइ शिल्ड , पदक र नगद द्वारा सम्मानित गर्दै नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष मोहन कटुवालले बर्स भरी आफ्नो ब्यवसायमा ब्यस्त भइरहने ग्रील तथा स्टील ब्यवसायिहरुलाइ यस किसिमको फुटबल खेलले रिफ्रेसमेण्ट सगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने भएको हुदा देश ब्यापि रुपमा फुटबल लगायतका अन्य खेलहरु आयोजना गर्न ग्रील तथा स्टील ब्यवसायीहरुलाइ आग्रह गरे । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रील उध्योहरु पुर्ण रुपमा सन्चाल्न गर्न नसक्दा भाडा तिर्न कर्मचारिलाइ तलब दिन र बैकको ब्याज समेत तिर्न नसकिरहेको अवस्थामा पुर्बी क्षेत्रीय समितिले ब्यवसायिमा छाएको नैरास्यतालाइ कम गर्न ग्रील ब्यवसायिहरु ऐतिहासिक प्रथम फूट्बल प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिदै ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले पहल गर्ने बताए । पुर्बी क्षेत्रीय समितिका अध्यक्ष बिस्णु कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ निबर्तमान बरिस्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,काठमाडौ जील्ला अध्यक्ष सुनिल कुमार अमात्य ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी पश्चिम् क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी लगायतका ब्यक्तिले आफ्नो धारणा राखेका थिए। काठमाडौ जिल्ला भित्र रहेका १४ वटा इकाइ समितीहरु , काठमाडौ जिल्ला ललितपुर जिल्ला र महाघको टिमले प्रतियोगितामा भाग लिएका थिए भने पश्चिम क्षेत्र अन्तगत पर्ने सानो भर्र्याङ् ठूलो भर्र्याङ् इकाइ समिती बिजयी भएको थियो भने पुर्बी क्षेत्रीय समिती अन्तर्गत रहेको कपन इकाइ समिती उपबिजेता भएको थियो।

Comments