यी हुन् होलीसँंग जोडिएका कथाहरु
चैत ११, २०८०, आइतबार | विहान ०२:४८ बजे | 35
सुनील सापकोटा
कौशलटार, भक्तपुर
होली पर्व भनेको एउटा प्रसन्नताको पर्व हो । होली पर्वको नाम सुन्ने बितिक्कै हाम्रो हृदयमा एउटा खुशी र रमाइलो गर्ने भावनाको उदय हुन्छ । यो पर्वका दिन समाजका सबैले रिस राग द्वेष बिर्सेर एक आर्कोप्रति रङ्ग अबिर दली आपसमा खुशी बाँडछन । हिन्दु पात्रो अनुसार यो पर्व वसन्त ऋतुको फागुन महिनाको पूर्णिमाको दिन मनाइन्छ । नेपालमा होली पर्व पहाडमा आज र तराईमा भोली हो । हिन्दु महिना अनुसार पहिले होलीको दिनदेखि नयाँ संवतको सुरुवात हुन्थ्यो ।
होली पर्वको उत्सवको थालनीको सम्बन्धमा हिन्दु पुराणहरुमा कयौं कथाहरु पाइन्छन् । त्यस्मा प्रचलित कथा हिरण्य कश्यप, प्रहलाद र होलिकाको रहेको छ । यो पर्व राधा–कृष्णको प्रेम र कृष्णद्वारा राक्षसी पूतनाको वधसंग पनि जोडिएको छ । एक अन्य कथाको अनुसार यो पर्वको शुरुआत राजा रघुको समयमा केटाकेटीलाई डर देखाउने ढोंढा नामकी राक्षसीको अन्त्यसंग पनि जोडिएको देखिन्छ । तर यी सबै कथा र किंवदंतिहरु हुन । सत्यता कति छ छैन त्यता जान्न ।
मलाई लागेको कुरा चाहिँ होली पर्व उत्सवको उत्पत्तिको तार्किक विवरण वेदबाट आएको हो कि जस्तो लाग्छ । किनभने होलीको दिनलाई नवान्नेष्टि यज्ञ पनि भनिने गरिएको छ । वैदिक कालमा यो समयमा खेतहरुमा पाकेका अन्नहरुलाई घरमा भित्रयाउने चलन थियो । अनि त्यो कालमा खेतबाट घरमा ल्याएका अन्नहरुलाई आगोमा भुटेर त्यसलाई प्रसादको रूपमा बाँडिथ्यो र उत्सव मनाइन्थ्यो । त्यसैले त्यो प्राचीनकालमा आफ्नो आहारप्रति मनुष्यको कृतज्ञता–ज्ञापन गर्ने दिन थियो । त्यस्तै प्राचीन कालमै नयाँ बर्षको सरुवात फागुन पूर्णिमाका दिन होलिका दहन गर्दा पुरानो संवत पनि संगै जलाउने चलन रहेको हुँदा आज पनि भारतका कतिपय स्थानहरुमा होलिका दहन गर्दा पुरानो संवत जलाएपछि रङ्गहरु खेलेको देखिन्छ । मेरो विचारमा होली पर्वमा रङ्ग र अबिर खेल्ने चलन त्यही प्राचीनकालको कडी होला । अन्त्यमा होलीको सबैमा शुभकामना
फाेटाेमा हेर्नुहाेस्...