सूर्यविनायक तुवाचो टोलमा यो वर्ष पनि जात्रा मनाइने


चैत ४, २०८०, आइतबार | विहान ०६:१० बजे | 50


सूर्यविनायक तुवाचो टोलमा यो वर्ष पनि जात्रा मनाइने

कविन श्रेष्ठ (प्रशिक्षार्थीं) 
भक्तपुर जिल्लामा मनाइने विभिन्न जात्राको सुरुवात भएसँगै सूर्यविनायक नपा बडा ३ स्थित तुवाचो टोलमा पनि रथयात्रा गरी जात्रा मनाइने भएको छ। तेस्रोपटक मनाइने यस जात्रामा तुवाचो गणेशलाई वैशाख १ गते बाजागाजाका साथ टोलमा रथयात्रा गरी मनाइने छ । 

तुवाचो गणेश जात्राको लागि २ वर्ष अघि होलिपूर्णिमाको दिन स्थानीय टोलका दाजुभाइबिच छलफल गरी रथयात्रा गर्ने निर्णय गरिएको थियो। उक्त प्रयासपछि तुवाचो गणेश धिमे खलःको निर्माण भयो। रथ बिना नै गणेशको मूर्ति बोकी बाजाका साथ नगर परिक्रमा गरियो। गत वर्षमा भने रथसँगै जात्रा मनाइयो तुवाचो धिमे खलः का सदस्य सुनिल श्रेष्ठ बताउँछन्। २ महिनादेखि बाजाको अभ्यास भइरहेको उनी बताउँछन् । यसपाली भने तयारी शिवरात्रिको दिनदेखि गरिएको छ। श्रेष्ठका अनुसार जात्रा मनाउनुको मुख्य उद्देश्य आफफ्नो स्थान पनि चिनाउनु र नेवा संस्कृक्तिको संरक्षण गर्नु पनि हो। 
जात्राको सुरुवात चैत ३० गते बेलुका तुवाचो गणेशलाई पूजा गरी सुरु हुन्छ। वैशाख १ गते तुवाचो गणेश मन्दिरबाट दक्षिण बाराही मन्दिरमा गई काठमाडौं स्कूल अफ ल, शिव सरस्वती मन्दिरबाट फेरि फर्की समापन गरिनेछ । 
फाइल तस्वीर

फाेटाेमा हेर्नुहाेस्...

सूर्यविनायक तुवाचो टोलमा यो वर्ष पनि जात्रा मनाइने
सूर्यविनायक तुवाचो टोलमा यो वर्ष पनि जात्रा मनाइने

Comments