कराते महासंघको साधारण सभा सम्पन्न
चैत ३, २०८०, शनिबार | दिउँसो ०२:५३ बजे | 30
बिनिता थापा
काठमाडौं, ३ चैत ।
नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहितसम्पन्न गरेको छ ।
शुक्रवारदेखि निजगढमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गर्नुभयो ।
साधारण सभामा मधेस प्रदेश सांसद माननीय मीना लामा, प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य– सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले निर्वाचन भएको एक वर्षको अवधिमा कराते खेलले हासिल गरेको उपलब्धी खेल क्षेत्रका निम्ति उदाहरणीय भएको बताउनुभयो।
साधारणसभामा नेपाल कराते महासंघका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न ७ प्रदेशका प्रतिनिधि, लगायत करिव १ सय जना सहभागी थिए ।