काठमाडौं क्यान्सर सेन्टर ताथली र कुमारी बैंक जगाती भक्तपुरबीच सम्झौता
फाल्गुन ३०, २०८०, बुधबार | विहान १०:५२ बजे | 50
भक्तपुर । काठमाडौं क्यान्सर सेन्टर र कुमारी बैंक जगाती भक्तपुर शाखाबीच बैंकका सबै कर्मचारीहरु र परिवारका सदस्यहरू (आमाबाबु, पति÷पत्नी, छोराछोरी), खातावालाहरू, डेबिट÷क्रेडिट कार्डहोल्डरहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई सदस्यता छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरको अध्यक्ष डा सिमित सापकोटा र कुमारी बैंककोतर्फबाट शाखा प्रबन्धक श्रीमती कृष्णलक्ष्मी किसीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका कर्मचारी तथा सेवाग्राहीलाई विशेष सहुलियत प्राप्त हुनेछ भने यसबाहेक बैंकको स्वास्थ्य सचेतना कार्यक्रममा अस्पतालले सहकार्य गर्नेछ ।
नेपालीहरुलाई क्यान्सर रोगको उपचारका लागि विदेश जानुनपर्ने भावनालाई अभियानको रुपमा अघि सारेको काठमाडौँ क्यान्सर अस्पतालले नेपालमा क्यान्सर रोगको सचेतना, निदान र उपचारको क्षेत्रमा सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिक लगायतका संस्थाहरुसंगै सहकार्य गर्दै जाने योजना बनाएको शाखा प्रबन्धक किसीले बताइन् ।
फाेटाेमा हेर्नुहाेस्...