नगरव्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः पहिलो
फाल्गुन २७, २०८०, आइतबार | दिउँसो १२:२४ बजे | 40
मध्यपुर थिमि । मध्यपुर थिमि नगरव्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः पहिलो भएको छ । पञ्चरंग भजन समूह र कुतिचिंवा भजनखलःको आयोजना र मथिनपाको आर्थिक सहयोगमा भएको उक्त नगरव्यापी भजन प्रतियोगितामा बालकुमारी भजन खलः आईतबार दोस्रो, पलिस्था पुचः मरुटोल तेस्रो र नवदुर्गा भजन खलः गठ्ठाघरले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रतियोगिताको पहिलो समूहलाई नगद रु २५ हजार, पदक र प्रमाणपत्र, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई २ हजार नगद सहित पदक र प्रमाणपत्र प्रदान गरियो । मथिनपा ५ वाचुननी टोलमा भएको उक्त प्रतियोगिताको उद्घाटन मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो । प्रतियोगिता आयोजक समितिमा अध्यक्ष कान्छा काजी प्रजापतिको सभापतित्वमा भएको उक्त प्रतियोगिताका विजयी समूहलाई नगद सहित पुरस्कार प्रदान गर्दै मध्इपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको मौलिक पहिचानको रुपमा रहेको जीवन्त भजन प्रतियोगिता आगामी वर्षदेखि नगरपालिकाले आयोजना गर्ने जानकारी दिनुभयो । शिवरात्रीको पावन अवसरमा आयोजित भजन सभ्य र भव्य रुपमा सम्पन्न गरेकोमा नगरप्रमुख श्रेष्ठले आयोजकलाई विशेष धन्यवाद दिनुभयो । कार्यक्रमका विशेष अतिथि मथिनपा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले अमूर्त सम्पदाको संरक्षण, विकास र विस्तारमा मथिनपा क्रियाशील रहेको बताउनु भयो । कार्यक्रमका अतिथि मथिनपा वडा नं. ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, आयोजक समितिका अध्यक्ष कान्छा काजी प्रजापति, सचिव विक्रम प्रजापति, कोषाध्यक्ष अमुना श्रेष्ठ लगायतका वक्ताहरुले नेवारी र नेपाली भाषाका १९ वटा भजन समूहले सहभागिता जनाएको उक्त प्रतियोगिता मथिनपा व्यापी पहिलो प्रतियोगिता भएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि मथिनपाबाट २ लाख रुपैंया र विभिन्न संघसंस्था र व्यक्तिबाट आर्थिक एवं भौतिक सहयोग प्राप्त भएको आयोजकले जानकारी दिएका छन् । वरिष्ठ भजन एवं लोकगायक रत्न बेहोशी बज्राचार्य, लोचन भ¤राई र संगीता शाक्यले निर्णायकको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रम सुन्न र हेर्न स्थानीय बासिन्दाहरुको बाक्लो भीड लागेको थियो । फागुन २५ गते शुक्रबार शिवरात्रीको दिन उक्त मथिनपाव्यापी भजन प्रतियोगिता नेवारी र नेपाली भाषामा भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...