घरेलुको स्वास्थ्य शिविरबाट ८१ जना महिलाहरु लाभान्बित


फाल्गुन २२, २०८०, मङ्गलबार | विहान ०९:२४ बजे | 40


घरेलुको स्वास्थ्य शिविरबाट ८१ जना महिलाहरु लाभान्बित

भक्तपुर । ११४ औ अन्तराष्ट्रिय महिला दिवस 8 मार्च ८० को उपलक्ष्यमा भक्तपुर घरेलु तथा साना उद्योग संघ ,महिला उद्यमी समितिको आयोजनामा घरेलु तथा साना उद्योग व्यवशायमा संग्लन महिला उद्यमी तथा ती उद्योगमा कार्यरत महिला कामदार एव अन्य महिला दिदी बहिनीहरुमा लक्षित गरी शिद्धि स्मृति महिला तथा बाल अस्पतालको प्राविधिक सहयोगमा महिला स्वास्थ्य शिविर सम्पन भयो ।
महिलाहरु उद्यमीहरु घरायसी कामको साथै उद्योगको काममा पनि संग्लन भई रहन्दा आफ्नो स्वास्थ्य प्रति सजन नहुन्दा विभिन्न गम्भीर रोग लाग्ने गरेको कारण समयमा नै स्वास्थ्य परिक्षण गराएमा ती रोगबाट बच्न सक्ने हुनाले महिला स्वास्थ्य शिविर संचालन गरको जानकारी महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले बताउनु भयो ।मनोविज्ञान परामर्श नहुन्दा बिषेश गरी महिलाहरु साधारण रोगबाटै धेरै हत्तोसाहित हुने भएकोले महिलाहरुमा भई रहेको समस्याबारे जानकारी लिई सोहि अनुसारको परामर्श दिने उद्देश्यले यो शिविर संचालन गरेको र यो शिविरमा महिला पाठेघर,स्तन तथा मासु पलाउने समस्या सम्बन्धि जनरल परिक्षण गरेको र केही समस्या देखिएका महिलाहरुलाई विषेशज्ञलाई देखाउनु अनुरोध गरेको शिद्धिस्मृति महिला तथा बाल अस्पतालका आउटरिच अफिसर सुभद्रा मल्लले जानकारी गराउनु भयो ।
गाईनेलोजिष्ट डा। औस्ठा मल्लले जनरल परिक्षण गरेको सो  शिविरमा १८ बर्ष देखि ७५ बर्ष सम्मका ८१ जना महिलाहरुले स्वास्थ परिक्षण गर्नुभएको  जानकारी संयोजक सुचिता सैजुले गराउनु भयो ।

फाेटाेमा हेर्नुहाेस्...

घरेलुको स्वास्थ्य शिविरबाट ८१ जना महिलाहरु लाभान्बित

Comments