निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न


फाल्गुन २२, २०८०, मङ्गलबार | विहान ०९:०७ बजे | 55


निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर । मध्यपुर थिमिको ६ नं. सिद्धिकाली मन्दिर परिसरमा रहेको जय सिद्धिकाली माई बहुउद्देश्यीय सहकारी संस्था लि.ले सामाजिक दायित्व अन्तर्गत संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिको आयोजनामा सदस्य तथा मन्दिर परिक्रमा गर्न आउने जेष्ठ नागरिकलाई लक्षित गरी बृहत स्वास्थ्य शिविरको आयोजना गत शनीबार मन्दिर परिसरमा सम्पन्न गरेको संस्थाका अध्यक्ष अष्ट प्रजापतिले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा हाडजोर्नी, नसारोग, नाक–कान–घाँटी र छाला रोग सम्वन्धी स्वास्थ्य परिक्षण गरिएको थियो । साथै शिविरमा बृद्धबृद्धा जो हाडजोर्नीको घुँडा सम्वन्धी समस्या देखिएका १२ जनाका लागि तत्काल राहत पुग्ने इन्जेक्शन निःशुल्क उपलव्ध गराइएको थियो । उपसमितिका सदस्य हरेराम प्रजापतिले उक्त शिविर मध्यपुर थिमिको कौशलटारमा रहेको भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न भएको जानकारी दिए । साथै शिविरमा १५० जनाले स्वास्थ्य परिक्षण गराई लाभ प्राप्त गरेको र शिविरमा आवश्यक औषधीसमेत निःशुल्क रुपमा उपलब्ध गराइएको उपसमितिका संयोजक लक्ष्मीशोभा प्रजापतिले जानकारी दिइन् ।

Comments