१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिव पार्वती रथ यात्रा हुने


फाल्गुन २१, २०८०, सोमबार | विहान ११:११ बजे | 35


१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिव पार्वती रथ यात्रा हुने

भक्तपुर । चाँगुनारायण नगरपालिका—८ सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म १५ औ बृहत शिव पार्वती रथ यात्रा हुने भएको छ ।

मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आज रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा शिवतान्त्रिक गुरु बुद्धिकुमार खड्गीले यहीँ फागुन २३ गते बिजय एकादशीको पावन अवसरमा १५ औं पटक बृहत शिव पार्वती रथ यात्रा आयोजना गर्न लागेको जानकारी दिए । 

प्रतिष्ठानले हरेक बर्ष झै यसवर्ष पनि ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धामसम्म बृहत शिव पार्वती रथ यात्रा आयोजना गर्न लागेको र त्यसमा हजारौ भक्तजनको सहभागिता रहने उनले बताए । 

बिहान ८ः३० बजे बालकुमारीबाट सुरु भई १२ः३० बजे कलमसीमा रथयात्रा पुरगेर समापन गर्दै बृहत धार्मिक अनुष्ठान एवं पुजन गरिने उनले बताए ।  रथयात्राका दिन सहभागि भक्तजनले तिल एक मुठी दान गर्न सक्ने बताउदै उनले कल्पेश्वर महादेव मन्दिरमा त्यसदिन चारवटा होमहोमादी गरिने र पानीले भरिएको कुण्डमा पनि तिल अर्पण गरिने भएको छ । 

धार्मिक पर्यटनको बिकास गर्ने, हिन्दु धर्मको रक्षा गर्ने र मानव जगतका मृतक आत्मको चिरशान्तिको कामना गर्दै जिँउदाहरुलाई सत्यको प्राप्त गर्ने कामना गर्न रथयात्राका दिन तिल चढाइने भएको छ ।

रथयात्रामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुर र काभ्रे जिल्लाको संगमस्थल कलममसीसम्म रथयात्राको आयोजना गरिने बताउदै शिवतान्त्रिक गुरु खड्गीले समग्र मानव कल्याणका लागि रथयात्रा गर्न लागेको उनले बताए । 

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्राको सम्पूर्ण तयारी पुरा भएको बताउँदै प्रतिष्ठानले र स्थानीयस्तरमा मूल आयोजक समिति तथा बिभिन्न उपसमितिहरुले रथयात्राको तयारी पुरा गरेको बताए ।  

प्रतिष्ठानले सुडालको कलमसीमा १०८ रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको छ । त्यस क्षेत्रमा शिवको मूर्तिलगायत कालीिनाग, बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री १०८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मूर्ति स्थापनाका कामहरु भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए । 

कूल ६० करोडको लगानीमा सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्दै बिशाल धार्मिक क्षेत्र निर्माण गर्ने गुरुयोजना अनुरुप अहिलेसम्म रु. ८ करोड भन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।  प्रतिष्ठानले धार्मिक, साँंस्कृति तथा आध्यात्मिक क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि बिभिन्न विगत १५ वर्षदेखि क्रियासिल हदै आएको प्रतिष्ठानले भक्तजनहरूलाई १००८ शिवलिङग दान गर्नलाई शिवमुर्ती निर्माण हुने स्थलमा संकल्प पुजा समेत सम्पन्न गरिएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

१०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म शिव पार्वती रथ यात्रा हुने

Comments